काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने भएका छन्।
शनिबार बसेको पार्टीको सचिवालय बैठकमा उनले आफ्नो भ्रमणबारे जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार, ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्नेछन्।
‘त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाटमा संलग्न हुने आफ्नो विदेश भ्रमणको तालिका रहेको बैठकलाई जानकारी गराउनुभयो’, ज्ञवालीले भने।
बैठकले ओलीलाई भ्रमणको सफलताको कामना गरेको ज्ञवालीले बताए।
प्रधानमन्त्री रहेका बेलामा पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए। उनले २०७६ वैशाख ३० देखि जेठ १ सम्म कम्बोडिया भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।