काठमाडौं- नेकपा एमालेले बागमती प्रदेशको इन्चार्जको जिम्मेदवारी गुरु बराललाई दिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटीका सदस्य बराललाई सो जिम्मेवारी दिएको हो।
अरु केही नेताहरुको जिम्मेवारीमा सामान्य हेरफेर भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार केही विभागमा सदस्यहरु थप गरिएको छ।
‘पार्टी सदस्यताको नवीकरणको काम यो असार मसान्तभित्र सकिसक्ने हुनाले साउन १५ भित्रमा सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने र त्यसपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णय पनि गरिएको छ’, बैठकपछि ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।