काठमाडौं– सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताएकी छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बताइन्। उनले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताइन्।
उनले कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाएकी दाबी गरिन्।
मन्त्री गुरुङले अन्य दलहरुले ठूलो भाषण गरेर आश्वासन बाँडे पनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्चितता गर्न नसकेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।