• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संशोधन नगरी बजेट पारित गराउने तयारीमा सुदूरपश्चिम सरकार, पास हुन नदिने अडानमा सत्तापक्षकै सांसद
64x64
शेरबहादुर ऐर शुक्रबार, असार २९, २०८०  १९:४७
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्ता साझेदार दलहरु नै सन्तुष्ट छैनन्। सत्तापक्षकै सांसदहरु संशोधन नगरी बजेट पास नै हुन नदिने अडान लिइरहेका छन्।

संसद्मा होस् या सार्वजनिक मञ्च तथा केन्द्रमै पुगेर सत्तापक्षका दलहरुले बजेटमाथिको असन्तुष्टि दोहर्‍याइरहेका छन्। पछिल्लो दिनमा सदनमै उनीहरुले बजेट पास हुन नदिने स्पष्ट पारेका छन्। सत्तापक्षको दल नेपाली कांग्रेस मात्र नभई सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटमाथिको छलफलमा भाग लिँदै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीको क्षेत्रमा बढी बजेट विनियोजन भएकोमा सत्तापक्ष र प्रतिपक्षी दलहरु असन्तुष्ट बनेका छन्।

यस्तै आरोपसहित सत्ता घटक दलबाटै बजेट पारित हुन नदिने कुरा सार्वजनिक भए पनि सरकार त्यसमा संशोधन नगरी बजेट पारित गर्ने तयारीमा रहेको छ। बजेटमा असन्तुष्टि रहे पनि बिना संशोधन पास गरिने परम्परा रहेकोले यसमा संशोधन नहुने स्वयं आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले जानकारी दिए। उनले भने, ‘बजेट पारित हुन्छ। संशोधन हुँदैन। विरोध हुनु स्वभाविक हो। सभामा सुझाव आउनु उचित हो। त्यसले भोलि हामी सच्चिन प्रेरित गर्छ।’ 

मन्त्री शाहीले बजेटमाथिको छलफलमै केही प्रदेश सभा सदस्यहरुका योजना समेट्न नसकिएको बताए। ‘सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन,’ मन्त्री शाहीको भनाइ छ।

Ncell 2
Ncell 2

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले तराईका जिल्लामा बढी बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गरे। उनले भने, ‘तराईका जिल्लामै विकास चाहिने हो भने भोलि पहाडी जिल्लाका मानिस बसाइ सरेर तराइमा आउँदा जिम्मा कसले लिने हो।’

उनले सत्तापक्षका माननीयहरुले बोल्दा नमिठो बोल्नुपर्ने बाध्यता जस्तो परिस्थिति सिर्जना भएको बताए। ‘एउटा सत्तापक्षको सांसदको हैसियतले बोल्दा हामीलाई दुःख लागेको छ। अरु जिल्लाले के गरे थाहा भएन तर स्थानीय तह र प्रदेश सरकार बसेर डोटी जिल्ला समन्वयको अध्यक्षतामा हामीले बैठक सम्पन्न गर्‍यौं। जिल्लाका योजनाहरु जम्माजम्मी ५४ थिए,’ उनले भने, ‘योजनाहरु झारेर प्रदेश सरकारलाई पेस गर्यो। अहिले ती योजनाहरुको भारी बोकेर जाने प्रतिबद्धता गरे। माननीय मुख्यमन्त्रीज्यूलाई पनि भेटें। सबै मन्त्रीलाई भेटें। तर मात्र बहाना देखिएको छ।’

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले बजेटमाथिको छलफलमा भाग लिँदै बजेटको विपक्षमा बोल्न बाध्य पारिएको बताउँदै बजेट पारित नहुने बताए। ‘प्रदेशको समग्र विकासका लागि बजेटले दीर्घकालीन योजना ल्याउनुपर्ने हो। तर बजेट केही व्यक्तिको योजनालाई ध्यानमा राखेर ल्याइएको छ। नीति तथा कार्यक्रम राम्रो थियो। हामीले राम्रो मानेर पारित गरेका थियौं। तर बजेट नीति तथा कार्यक्रम विपरीत रहेको छ।’

नेपाली कांग्रेसकै मानबहादुर रावलले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आफ्नै सरकारले ल्याएको बजेटमा लज्जा लागेको बताए। उनले भने, ‘मलाई त लाज लाग्छ। योजनाहरु सबै ठाउँमा गए तर, कस्ता गए भन्नेमा ध्यान गएन। बनिसकेका योजनामै बजेट गयो। त्यसमा ध्यान दिइएन।’

नेकपा एमालेकी निर्मलादेवी साउदले प्रदेश सभा सदस्यहरु असन्तुष्ट भए पनि सत्तापक्षका सांसद बजेट पारित गराउने मनसायमा रहेको दाबी गरिन। उनले भनिन्, ‘यो बजेट स्थानीय तहको भन्दा कमजोर आएको छ। स्थानीय तहले वडाध्यक्ष र सदस्यलाई सोधेर योजना बनाउँछ तर, प्रदेश सरकारले प्रदेश सभा सदस्यलाई खेलाउन बनाउन खोजेको हो। आफनो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्ने? निर्वाचन क्षेत्रमा पनि कुन टोल, वडा, बस्ती नहेरेर बजेट हाल्ने।’ 

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले अहिलेको सरकार बजेटमा अल्पमतमा परेको बताए। ‘मुख्यमन्त्रीसँग साँच्चै विश्वासको मत छ त? बजेट सम्बन्धी छलफलमा धेरै कुरा आए। सरकारले धेरै हल्ला गर्यो। तर बजेट प्राथमिकताभन्दा बाहिर गयो।’

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो। शुक्रबार, जेठ २३, २०८२
भिजिट भिसा प्रकरणमा दलहरुबीच सम्वाद जारी : सचेतक बर्तौला शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्ष... शुक्रबार, जेठ २३, २०८२
पतञ्जली प्रकरण अदालतको विषय बनेकाले अहिले टिप्पणी नगरौं : झलनाथ खनाल शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बत... शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्