काठमाडौं– राष्ट्रिय सभाको शुक्रबारको बैठकबाट आर्थिक विधेयक २०८० पारित भएको छ।
प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री प्रकाश शरण महतले उक्त विधेयक पेस गरेका थिए।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। उक्त विधेयक बहुमतले पारित हुँदै प्रतिनिधि सभामा फिर्ता भएको छ।
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार १ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।