अर्थमन्त्री प्रकाशशरण महत (फाइल तस्बिर) काठमाडौं– अर्थमन्त्री डा प्रकाशमरण महतले अर्थतन्त्र विस्तारै चलायमान भएको दाबी गरेका छन्।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रंश्नहरुमा जवाफ दिँदै अर्थमन्त्री महतले विस्तारै बजार लयमा आएको पनि दाबी गरे।
‘अर्थतन्त्र विस्तारै चलायमान हुँदै छ। मुल्यवृद्धि घटेको छ,’ उनले भने, ‘राजस्व वृद्धि हुने आधारहरु देखिएको पनि देखिएको छ।’ स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको र अर्थतन्त्र सुधार भएलगत्तै सरकारले प्राथमिकता दिने उनले बताए।
आउने दिनमा स्वास्थ्य क्षेत्रमा कसरी बढी विनियोजन गर्न सकिन्छ भन्नेमा सरकारले काम गर्ने उनले बताए। उनले नभएका कुराहरु धेरै आउने, तर भएका कुराहरु नआउने भइरहेको गुनासो गर्दै बजेटमा धेरै सकारात्मक कुराहरु पनि समावेश भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।