काठमाडौं- सरकारले धानको समर्थन मूल्य तोकेको छ।
असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्य तोकेको हो। सरकारले मोटा धानको प्रति क्विन्टल ३१ सय ९८ र मध्यम धानको प्रति क्विन्टल ३३ सय ६२ रुपैयाँ तोकेको छ।
आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले धानको मूल्य तोकेको हो।
नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ।
गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो। गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।