काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले पशुमा लाग्ने लम्पीस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पीस्किन रोग घट्ने क्रममा रहेको बताएका हुन्।
संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए। उनले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए।
मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे। मन्त्रालयमा चालू आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानीय तहमा पठाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।