• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
कोशी प्रदेश सरकार गठन विवादः

गठबन्धनले धकेल्दै मध्यावधिमा पुर्‍याउँदै छः सचेतक भण्डारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०८०  १५:४१
1140x725

कोशीमा अहिले सत्ता संकट छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। तत्कालीन एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दलहरु मिलेर बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरे।
 
कांग्रेस–माओवादी लगायतका दलहरुको गठबन्धनले सभामुख बाबुराम गौतमको हस्ताक्षर गराएर बहुमत सदस्य पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरे। सो प्रस्तावलाई प्रदेश प्रमुख पर्शुराम खापुङले निमेषभरमा अनुमोदन गरे र कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाए।
 
एमालेले यो प्रक्रियाको विरोध गर्दै सर्वोच्च आएको छ। उसले सो नियुक्तिको बदर र १६८ को उपधारा ३ बमोजिम सरकार गठन आह्वान हुनुपर्छ भन्दै रिट हालेको छ। ३ अनुसारको आह्वान भएमा सभाको ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्था छ। यहाँ एमाले ४० सांसदसहित ठूलो दल हो। सर्वोच्चले बुधबार एक सुनुवाइ गर्दै नयाँ मुख्यमन्त्रीलाई यो मुद्दाको किनारा नहुन्जेल काम गर्नमा अंकुश लगाएको छ। यसले थप राजनीतिक रिक्तता बढ्ने देखिन्छ।

यहि परिवेशमा एमालेका सचेतक रेवतीरवण भण्डारीसँग नेपाललाईभले गरेको संवादको संपादित अंश: 

सर्वोच्चले दिएको पछिल्लो आदेशलाई कसरी लिनु भएको छ?
सर्वोच्च अदालतमा हामीले उत्प्रेषणयुक्त परमादेश र प्रतिक्षा, परिच्छेद आदेश जारी गरिपाउँ भनि निवेदन दिएका थियौं।

असार २१ गते कोशी प्रदेशका माननीय प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम जसरी सरकार बनाउनुपर्ने थियो उहाँले त्यसरी बनाउनु भएन। संविधान अनुसार सरकार बनाउनका निम्ति दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुग्नुपरर्थ्यो। तर दलहरुको समर्थन ४६ जनाको मात्र छ। अनि जो सांसद हुनुहुन्न सभामुख मात्र हुनुहुन्छ, जसलाई कोशी प्रदेश सभा सञ्चालनको नियमावली (ङ) ले सभामुख भन्नाले कोशी प्रदेशको सभा सञ्चालन गर्ने भन्ने जनाउने छ भन्ने प्रष्ट गरेको छ। सदस्यै नभएको मान्छेलाई सदस्य गणना गरेर ४७ को बहुमत पुग्यो भनेर कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभयो। त्यो संविधानअनुसार त गलत छ त्यसकारण सो नियुक्ति पूर्णत बदर गरी साविकै कामचलाउ सरकारमा आउनुपर्छ भन्ने हाम्रो रिट निवेदन थियो। 

हिजो सर्वोच्च आदलतले त्यति चाँहि गरेन तर कम्तिमा अग्राधिकार दियो रिटलाई। ३ गतेभित्र सबै कागजात लिएर उपस्थित हुन आदेश गर्‍यो। ७ गतेपछि निरन्तर सुनुवाइ गर्ने र अन्तिम आदेश नआएसम्म अहिले गठन भएको उद्धव थापा नेतृत्वको सरकारले कुनै पनि दीर्घकालीन महत्वको कामकारबाही नगर्नु भन्ने अदालतको आदेश छ। उक्त आदेश हाम्रो माग अनुसार पूरा त होइन तर धेरै हदसम्म सकारात्मक रहेको हाम्रो निष्कर्ष हो। 

Ncell 2
Ncell 2
nimb
nimb

एकातिर अदालतमा मुद्द विचाराधीन। अर्कोतर्फ प्रदेश सरकारले बजेट जस्तो महत्त्वपूर्ण विधेयक संसद्‌बाट अनुमोदन गराउनुपर्नेछ। र विश्वासको मत पनि परीक्षण गर्नुपर्नेछ। यसले प्रदेशमा राजनीतिक संकट थप बढ्दै जाँदैन र? संकटको जिम्मेवारी त तपाईंहरुले पनि लिनुपर्ला नि? 
अदालतको उद्देश्य के हो भन्ने बुझिन्छ भने ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने भन्ने जुन अग्राधिकार दिएको छ त्यसले साउनको १० सम्ममा फैसला आउनसक्ने देखिन्छ। उपर्योक्त दिनसम्मले सरकारी काम कारबाहीमा खासै असर गर्दैन।

असार २१ गते बन्नुभएको मुख्यमन्त्रीले साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने समय छ। अदालतले छिट्टै टुङ्ग्यादिन्छु भनेकै छ। यदि यही सरकारलाई सदर गर्‍यो भने पनि समय प्रयाप्तै रहन्छ। यदि हाम्रो पक्षमा फैसाला आयो भने यो सरकार स्वत: काम चलाउमा फर्किहाल्छ। वा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखको नाममा आदेश जारी हुनसक्छ। त्यसका लागि समय लाग्दैन। बजेट त अध्यादेशबाट आएको छ। साउन १ गतेबाट स्वत: कार्यन्वयनमा गइहाल्छ। त्यसमा कुनै समस्यै भएन। 

अदालतले थापा नेतृत्वको सरकारको नियुक्तिलाइ मात्र बदर गर्‍यो भने नयाँ सरकार प्रक्रिया कसरी सुरु हुन्छ?
त्यो बेलामा नयाँ समीकरण बन्नसक्छ। बन्दैन भन्ने कुरा छैन। 

यदि तपाईंहरुकै माग अनुसार १६८ (३) बमोजिम सरकार गठन गर्ने आदेश आए तपाईंहरुको नेतृत्वमा सरकार गठन हुन्छ। तर बहुमत कसरी जुटाउनु हुन्छ? सरकार त फेरि पनि बन्दैन नि?
यदि हामीले नयाँ समीकरण बनाउन नसक्ने र बहुमत पुर्‍याउन नसक्ने भए १६८(५) छँदैछ नि। त्यसले पनि विश्वासको मत पाउन सकेन भने कोशी प्रदेश सभा विघटन हुन्छ र मध्यावधिमा जान्छ। 

विघटन उन्मुख हुनुभन्दा त राप्रपा या अन्य साना दलहरुको नेतृत्वमा सर्वदलीय सरकार बन्न सक्छ कि सक्दैन?
त्यो त रहन्छ। हामीले आह्वान नै गरेको हो नि। हाम्रो नेता तथा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले यो प्रस्ताव गर्दै बसेर छलफल गरौं कसले कति समय सरकारको नेतृत्व लिने भन्ने निर्क्योल गरौं भन्नु भएकै थियो।

उहाँले संसद्‌बाट र सार्वजनिक मञ्चबाट यो प्रस्ताव गर्नुभएको हो। तर के छ भने यो गठबन्धनले, गठबन्धन भन्दा तलमाथि प्रदेशको स्थायित्वको बारेमा, प्रदेशको काम कारबाहीको बारेमा, जनताको समस्याका बारेमा ध्यान नदिएका कारण परिस्थिति बिग्रिँदै छ। त्यसको जिम्मेवारी गठबन्धनले लिनुपर्छ। हामी त खुला छौं। हामी मध्यावधितर्फ जाओस् भन्नेमा छैनौं। मध्यावधिमा नजाओस् भन्ने अन्तिम कसरत हामी गर्छौं। तर सबै चिज हाम्रो हातमा नरहेकोले उहाँहरुले धकेल्दै मध्यावधिमा पुर्‍याउनुहुन्छ भने त्यसको जिम्मेवारी उहाँहरुले लिनुपर्छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्