काठमाडौं– कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबारको बैठकले बहुमतले बजेट पारित गरेको हो।
कूल ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट रहेको कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धन सरकार छ। अर्थमन्त्री भने कांग्रेसका बेदराजसिंह रहेका छन्। उक्त बजेटमध्ये ९ अर्ब २० लाख २४ हजार चालूतर्फ र १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार पुँजीगत तर्फ रहेको छ।
प्रदेश सभाकी सभामुख नन्दा गुरुङले निर्णयार्थ गरेको बजेट विधेयक संसद्ले बहुमतले स्विकृत गरेको हो। साथै आर्थिक विधेयक २०८० पनि पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।