काठमाडौं– मंगलबार पुँजी बजारको कारोबारमा सामान्य गिरावट आएको छ। पछिल्लो दिन १ अंकभन्दा तल रहेर घटेको सेयर बजार मंगलबार भने ४.७३ अंकले घटेको छ।
कारोबार रकम पनि पछिल्ला कारोबारको तुलनामा औसत रहेको छ। मंगलबार २ अर्ब ८५ करोड माथिको कारोबार भएको छ भने नेप्से परिसूचक २०७२ कायम रहेको छ।
मंगलबारको कारोबारमा ७९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ। उपसूचकहरुको कारोबार भने औसत नै रहेको छ।
विकास बैंक उपसमूह १२९ अंकले बढेको छ। त्यस्तै, वित्तीय ५८, उत्पादन १८ अंकले बढेको छ। धेरै गुमाउने उपसमूहमा जीवन बीमा रहेको छ। यसको ८२, होटदको ८०, हाइड्रोको २७ अंकले मूल्यमा गिरावट आएको छ।
मंगलबार धेरै कमाउने कम्पनीमा हिमालयन पावर र एनआइबीएल समृद्धि फण्ड रहेका छन्। यिनीहरु क्रमश १० प्रतिशतले बढेका छन्। त्यस्तै, रावा इनर्जी ९.९८, लीवर्टी इनर्जी ९.६४, कोरपोरेट विकास बैंक ९.२४ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।