काठमाडौं– एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा नेपाललाई यूएइले २ सय ५५ रनको लक्ष्य दिएको छ।
पहिले ब्याटीङ गरेको यूएइले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको हो। यूएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६१ रन बनाए। त्यस्तै अन्नान मुफ्तीले नटआउट ५७ रन बनाए।
टस जितेर नेपालले बलिङ रोजेको खेलमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभरमा उनले २४ रन दिएर ४ विकेट लिएका हुन्। उनले २ ओभर मेडन बलिङ गरेका थिए।
करण केसी महंगा बलर साबित भए। उनले ८ ओभरमा ६१ रन दिँदा कुनै विकेट लिन सकेनन्। सोमपाल कामीले १० ओभरमा २ विकेट लिएर ५८ रन दिए।
बसन्त रेग्मीले १० ओभरमा २ विकेट लिएर ४९ रन दिए। त्यस्तै, कप्तान पारस खड्काले ६ ओभरमा ३३ रन दिंदा विकेट लिन सकेनन्।
६ ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २६ रन दिएका थिए।
१२.१ मा यूएइले ७० रन बनाउँदा नेपालले पहिलो विकेट लिएको थियो।
पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल एसिया कपमा छनोटको सम्भावना जिवित राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।