काठमाडौं– काठमाडौं महानगरपालिले सोमबार एकैदिन ३ करोड ६३ लाख बहाल कर संकलन गरेको छ।
आर्थिक बर्ष २०७९/८० को आखिरी दिनहरु हुँदैगर्दा एकैदिन उक्त रकम बराबरको कर संकलन भएको महानगरपालिका प्रमुखको सचिवालयले बताएको छ।
‘वडा कार्यालयहरुमार्फत आज मात्र ३ करोड ६३ लाख बहाल कर मात्र संकलन भएको छ,’ सचिवालायले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।