• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

६० लाख पासपोर्ट छपाई गर्दै सरकार

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, असार २५, २०८०  १६:४९
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले मन्त्रिपरिषद्को निर्णय अनुसार ६० लाख पासपोर्ट छपाई गर्न लागिएको जनाएका छन्। पासपोर्टको अभाव हुन नदिनका लागि सरकारले ५ वर्षको अवधिका लागि ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको बताएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै उक्त कुरा बताएका हुन्।

समितिको बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउँदले भने, ‘पासपोर्टको कुरालाई नियमित गर्नका लागि सरकार संवेदनशील छ। थप पासपोर्ट खरिदका लागि सरकारले तयारी गरिरहेको छ। यसको छपाई र व्यवस्थापनका लागि मन्त्रिपरिषद्को बैठकबाट ६० लाख पासपोर्ट छाप्ने निर्णय भइसकेको छ। केही दिनमा टेन्टर आह्वान हुन्छ।’

उनले युवा जनशक्तिहरु फेसनको रुपमा विदेश जान थालेको बताउँदै श्रममुलुकमासमेत अर्थतन्त्रको संकट चुलिँदै गएकाले यसबारे संवेदनशील भएर मात्रै जानुपर्ने सुझाव दिए। उनले ३३ वटा राजदूतावास र नियोगहरु रहेको र केहीमा राजदूत अभाव भएकोसमेत बताए।
 
सांसदहरुको प्रश्न : राजदूत कहिले नियुक्त हुन्छन्? 
समितिको बैठककमा सांसदहरुले राजदूत नियुक्ति कहिलेबाट हुन्छ भन्दै प्रश्न गरेका थिए। हाल विभिन्न सात वटा देशमा राजदूतहरु नभएको भन्दै उनीहरुको नियुक्तिबारे सांसदहरुले जिज्ञासा राखेका हुन्।

प्रतिनिधि सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री नारायण खड्काले भने, ‘अहिले सातवटा राजदूतहरु खाली छन्। त्यहाँ तत्काल नियुक्ति गर्नुपर्ने आवश्यकता छ। हाम्रो घरेलु राजनीति नै अस्थिर छ। प्रधानमन्त्रीको भ्रमणमासमेत शंका गरिन्छ। राष्ट्रिय मुद्दामा किन हामी एक हुन सक्दैनौं? नीति गत र प्रशासनिक गरि परराष्ट्र मन्त्रालयमा दुईवटा सचिवसमेत आवश्यक हुन्छ।’ उनले आफू परराष्ट्रमन्त्री हुँदाको बखत टर्कीमा राजदूतावास खोल्ने प्रक्रिया अघि बढेकोमा अहिले त्यो प्रक्रिया के भइरहेको छ भन्दै प्रश्न गरे। 

त्यसैगरी सांसद एकनाथ ढकालले राजदूतमा योग्य उम्मेद्वारहरुलाई नियुक्त गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राजदूत नियुक्तिमा भागबण्डा गरिनु हुँदैन। योग्य व्यक्ति नै राजदूतमा नियुक्त गरियोस्। दूतावास खाली नराखियोस्।’ सांसद भीमप्रसाद आचार्यले राजदूत नियुक्तिमा किन ढिलो भएको भन्दै सरकारसँग कारण मागे। सांसद देवीप्रकाश भट्टचन्दले परराष्ट्रमा कार्यरत कर्मचारीलाई नै राजदूत बनाउनुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

एमसीसी र बीआरईबारे सरकारको धारणा माग
समितिको बैठकमा राप्रपा सांसद धवल शमशेर जबराले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन र चिनियाँ परियोजना बीआरआईबारे सकारको धारणा माग गरे। उनले भने, ‘एमसीसीको कार्यान्वयनको अवस्था के छ? चाइनाको बीआरआईको कुरा पनि उठिरहेको छ। सरकारले यस विषयमा अनुमोदन गरेको छ कि छैन?’ 

उनले अन्तराष्ट्रिय कम्पनीले लिएका थुप्रै योजनाहरु अधुरा र अलपत्र भएको भन्दै त्यसतर्फ ध्यान दिनसचेत गराए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पोखरा विमानस्थल निर्माण बीआरआई प्रोजेक्टबाट बनेको हो कि हैन भन्ने प्रश्न गरे। 

रुसी सेनामा नेपाली युवा भर्ती र अग्निपथको विषय के हो?
समितिका सांसदहरुले रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्न रुसी सेनामा नेपाली युवारु भर्ती भइरहेको भन्ने समाचारका विषयमा परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा माग गरे। सांसद प्रेम सुवालले विदेशी सेनामा नेपाली युवा सहभागी भएको, निजी सेनामा गइरहेको र रुसी सेनामा सहभागी भएर युक्रेन युद्धमा संलग्न भएको कुरा आएकाले त्यसको वास्तविक तथ्यांक माग गरे।

Xtrem
Xtrem

सांसद भीमप्रसाद आचार्यले रुस–युक्रेन युद्धमा छिमेकी मुलुक भारत र चीन मौन रहेको अवस्थामा नेपालको धारणा सार्वजनिक हुनु भनेको असंग्लन नीति विपरीत भएको बताए। उनले नेपालीहरु रुसी सेनामा भर्ना भइरहेको कुरा समाचारमाध्यममा आइरहेका कारण सरकारले त्यसबारे प्रष्ट पार्नुपर्ने बताए। सांसद शिशिर खनालले भारतीय सेना अग्निपथको बारेमा के भइरहेको छ भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरे।

सार्क सम्मेलन रोक्न नहुनेमा जोड 
समितिका अधिकांश सांसदहरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनबारे सरकारले पन्छिन नहुने बताएका छन्। साांसद एकनाथ ढकालले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएका कारण सार्क सम्मेलन गर्नुपर्नेमा जोड दिए। सांसद प्रभु साहले सरकारको वैदेशिक कुटनीतिक नीतिका बारेमा प्रश्न गरे। उनले वैदेशिक रोजगारसम्बन्धी ऐन अधुरो रहेको टिप्पणी गरे।

सांसद सुनिता बरालले वैदेशिक कुटनीतिक मामलाका विषयमा दलीय मान्यताभन्दा माथि उठ्नुपर्नेमा जोड दिइन्। उनले संसदीय सभापति चयन गर्नका लागि उजुरी दिन कता जानुपर्ने हो भन्दै प्रश्नसमेत गरिन्। अधिकांश सांसदहरुले कुन देशमा कति नेपाली छन् त्यसको विवरण प्रष्ट रुपमा सार्वजनिक गर्न मन्त्रालयसँग माग गरे। 

रुसी सेनामा भर्ना भएकोबारे जानकारी गराउन निर्देशन दिइसकेका छौंः मन्त्री साउँद
सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री साउँदले रुसी सेनामा नेपालीहरुको भर्नाबारेमा जानकारी गराउन मस्कोस्थित राजदूतावासलाई निर्देन दिइसकेको बताए। परराष्ट्रमन्त्री साउँदले भने, ‘रसियन सेनामा नेपाली भर्ना भएको भन्ने कुराको बारेमा रुसको मस्कोस्थित नेपाली दूतावासलाई रिपोर्ट गर्न भनेर निर्देशन दिएका छौं। वास्तविक रूपमा यो व्यक्ति, यसरी सेनामा गएको छ भन्ने एकिन कुरा आएको छैन। यसमा अध्ययनकै चरणमा छौं।’ त्यसैगरी उनले कुन देशमा कति नेपाली छन् भन्ने अनुमान राख्ने गरेको बताउँदै शतप्रतिशत तथ्यांक नभएको बताए।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
दुई वटा संसदीय समितिको बैठक बस्दै दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो। बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन्। बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्