काठमाडौं– एसिया कप छनोट अन्तर्गत नेपाल–यूएइबिचको खेल सुरु भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ। यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त देश हुन्।
पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन्। यो समाचार तयार पार्दासमेत यूएइले १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ७१ रन जोडेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।