काठमाडौं– राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार राजधानी काठमाडौं सबैभन्दा बढी मूल्यवृद्धिको मारमा परेको देखिएको छ।
आर्थिक वर्ष २०७९/८० को ११ महिनाको (जेठ मसान्तसम्ममा) अवधिको आर्थिक स्थितिबारे सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।
सो प्रतिवेदन अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ। भूगोलगत रुपमा हेर्ने हो भने मूल्यवृद्धिको असर उपत्यका धेरै रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत रहेको छ। सोही अवधिमा जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।