काठमाडौं– चालु आर्थिक बर्षको ११ महिना (२०७० साउनदेखि २०८० जेठ मसान्तसम्म) विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक बर्ष २०७९/८० को जेठ महिनाको तथ्याङ्ग सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त कुरा बताएको हो।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको एघारौं महिना सकिँदा २१.८ प्रतिशतले वृद्धि हुँदै उक्त नम्बरमा पुगेको केन्द्रीय बैंकले जनाएको छ।
उक्त रकमको सञ्चितिलाई आधार मान्दा ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।