काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार जेठ महिनामा मात्र १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ बराबर बिप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
आर्थिक बर्ष २०७९/८० को जेठ महिनाको तथ्याङ्ग सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त कुरा उल्लेख गरेको हो।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० खर्ब ५ अर्ब १८ करोड भित्रिएको विप्रेषण जेठ मसान्तसम्ममा ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले आफ्नो तथ्याङ्गमा बताएको छ।
पछिल्ला महिना भन्दा यो समिक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।