• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मिटरब्याजसम्बन्धी कानुन निस्क्रिय भएपछि ऋणी र साहुकारबीचको छलफलबाट विवाद मिलाउने प्रयास

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०८०  १२:०४
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा समेतले संसद् अवरुद्ध गर्दा मिटरब्याजलाई अपराध करार गर्ने कानुन अहिले निस्क्रिय छ। 

अनुचित लेनदेन (मिटरब्याज)लाई फौजदारी कसुर करार गर्नेगरी ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ ल्याएको थियो। राष्ट्रिय सभाबाट पारित भएको विधेयक असार २० गते प्रतिनिधि सभाबाट पनि पारित गर्ने कार्यसूची थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले संसद् अवरुद्ध गर्दा त्यसदिन बैठक नै बस्न सकेन। 

सरकारले मिटरब्याजलाई कसुर करार गर्दै ल्याएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाख २०८० मा जारी गरेका थिए। 

अध्यादेशमार्फत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ संशोधन गर्दै संहिताको दफा २४९ मा देहाय (क) थप गरी अनुचित लेनदेन गर्न नहुने व्यवस्था गरिएको थियो। 

सरकारले अनुचित लेनदेख (मिटरब्याज)का सन्दर्भमा अनुसन्धान गर्न भनेर २०७९ चैत २० गते नै जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगले वैशाख १७ गतेदेखि निवेदन लिन सुरु गरेको थियो। 

आयोगले उजुरी लिएर उजुरीबारे अनुसन्धान र केही कारबाही पनि अगाडि बढाएको अवस्थामा कानुन नै निस्क्रिय भएपछि केही अन्योल बढेको छ। यद्यपि सरकारले अब बस्ने प्रतिनिधि सभाको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक पेस गर्ने तयारी गरेको छ। 

अहिले भने आयोगले उजुरीमाथि अनुसन्धान गर्दै सम्भव भएका ‘केस’हरुमा ऋणी र साहुकारहरुबीच आपसी छलफलका माध्यमबाट समस्या समाधान गर्ने काम गरिरहेको अध्यक्ष कार्की बताउँछन्।   

बैशाख १७ देखि जेठ १४ सम्म पीडितहरुको निवेदन लिने समय तोकिएकोमा उक्त अवधिमा मिटरब्याज पीडितहरुका करिब २४ हजार निवेदन पर्न आएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

पीडितहरुको निवेदन लिने प्रयोजनका लागि ७७ जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष खडा गरिएको थियो। नि:शुल्क रुपमा कर्मचारीले नै निवेदन फाराम भरिदिएका थिए। साथै अनलाइनबाट पनि निवेदन लिइएको कार्कीले बताए। 

अहिले प्राप्त निवेदनलाई कम्प्युटरमा इन्ट्री गराएर प्रशोधन गराउने काम भइरहेको उनले बताए।  प्रशोधनपछि ऋण लिनु पर्नाको कारण, ऋण लिँदा जग्गा पास गरेको, नगरेको वा दृष्टिबन्धक दिएको, नदिएको, साँवाभन्दा बढी ब्याज तिरे, नतिरेको, अदालतमा मुद्दा चले, नचलेको, खाली चेक दिए, नदिएको आदि विस्तृत विश्लेक्षण जिल्लागत र प्रदेशगत रुपमा समेत आउने कार्कीको भनाइ छ। 

आयोगका अनुसार मधेस प्रदेशका ८ जिल्लामा १८ हजार २१ र पश्चिम नवलपरासीमा १ हजार ८८९ गरी ९ वटा जिल्लामा मात्र १९ हजार ९१० परेका छन्।  सबैभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ निवेदन परेका छन्।

अनुचित लेनदेनको केन्द्र नै मधेस प्रदेश र पश्चिम नवलपरासी देखिएको कार्कीको भनाइ छ। 

यस्तै, कपिलवस्तुमा १२० वटा निवेदन परेका छन् भने सुर्खेतमा १२३, बर्दियामा १९१, मोरङमा १९९, कैलालीमा २४५, दाङमा ३६१, सुनसरीमा ३९८ परेका छन्। 

काठमाडौं जिल्लामा ४७८ र रुपन्देहीमा ५४७ निवेदन परेका छन्। १० जिल्लामा भने निवेदन नै परेका छैनन्। अन्य जिल्लामा निवेदन परेका छन्।  

उजुरीहरु प्राप्त भएपछि अहिले प्रारम्भिक चरणको जाँचबुझको काम चलिरहेको कार्कीको भनाइ छ। जसअन्तर्गत अनुचित लेनदेन गर्ने पक्ष साहु र ऋणि (पीडित)बीच छलफल गरेर आपसी सहमतिमा विवाद टुंग्याउने काम भइरहेको उनले जानकारी दिए।  

आपसी छलफल र सहमतिका आधारमा विवाद समाधान गर्न हरेक जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। टोलीमा जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय अधिकृतहरु प्रतिनिधि छन्। छलफलबाट हुने मेलमिलापमा स्थानीय जनप्रतिनिधिहरु समेतको सहयोग रहने गरेको उनको भनाइ छ। 

‘पीडित र साहुकारबीच मेलमिलापबाट समस्या सुल्झिएमा दुवैबीच जीत–जीतको अवस्था हुने र सामाजिक सद्भाव बढ्ने हुनाले मेलमिलाप गराएर समस्या समाधान गराउने कार्य भइरहेको छ। आयोगले गृह मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयबाट काम गराइरहेको छ। पीडित धेरै रहेका जिल्लाहरुमा आयोगका पदाधिकारीहरु नै संलग्न रहेर कार्यदललाई सहजीकरण गराउने काम भइरहेको छ,’ कार्कीले भने। 

मेलिमलापको क्रममा दुई पक्षबीच छलफल गराउँदा असार १९ गतेसम्म विभिन्न जिल्लामा १ हजार २७० उजुरी फर्स्योट भइसकेको उनले बताए। 

ऋणी र साहुकारबीच आपसी सहमतिमा विवाद समाधान गर्दा राजीनामा पास भइसकेको जग्गा पनि फिर्ता गराइएको आयोगले जनाएको छ। साहुको नाममा पास भएको जग्गा सहमतिका आधारमा मोहीलाई फिर्ता गरिएको कार्कीले जानकारी दिए। 

केही साहुले अदालतबाट फैसला भइसकेका जग्गा र बढी असुल गरिसकेको ब्याज पनि स्वेच्छाले फिर्ता गरेको आयोगले जनाएको छ।

हालसम्म भएको मिलापत्रको अभिलेखअनुसार पीडित ऋणीहरुले कर्जा लिएको जम्मा रकम ९ करोड ८७ लाख ६९ हजार रुपैयाँ रहेको छ। साहुहरूले माग गरेको रकम २६ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको छ। २ पक्षबीच छलफल र वार्ताबाट ब्याजसमेत गरी दुबै पक्ष सहमत भएको रकम १२ करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ।

साहु र ऋणीबीच कार्यदलमा छलफल गराउँदा १२ करोड ६८ लाख ४० हजार रुपैयाँमा सहमति भएको कार्कीले बताए। 

नेपाल सरकारको मिति २०७९ चैत २० को निर्णयले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार यो आयोग गठन भएको थियो। आयोगले २०७९ चैत्र २६ गतेदेखि काम सुरु गरेको थियो।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् । सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने भारतीय बजारमा हाल लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि उद्योगहरूम... सोमबार, असार १, २०८३
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्