काठमाडौं- ४५ जना मिटरब्याज पीडितले साहुको नाममा पुगेको आफ्नो जग्गा फिर्ता पाएका छन्। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’मा परेका उजुरीमाथि भएको छलफलपछि उनीहरुले आफ्नो जग्गा फिर्ता पाएका हुन्।
मिटरब्याज पीडितका तर्फबाट देशभर हालसम्म २३ हजार ९ सय ४८ वटा उजुरी परेका थिए। ती उजुरीहरुमध्ये १ हजार ३ सय ८५ वटा उजुरी मिलापत्रमा समेत फर्स्योट गरिएका छन्।
नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गत चैत २० गतेको निर्णयअनुसार जाँचबुझ गठन गरेको थियो।
मिटरब्याज पीडितले फिर्ता पाएको जग्गाको विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।