• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आत्मविश्वासले दिलाएको ऐतिहासिक रजत

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  १५:३७
1140x725

जाकर्ता (इन्डोनेसिया)-  सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दाेकी सविता राजभण्डारीले जितेको रजत पदक नेपाली खेलकुद इतिहासको सबैभन्दा ठूलो पदक थियो। त्यसपछि नेपाललाई रजत के कास्य पदक जित्न पनि कठिन परिरहेको थियो। पछिल्ला ४ एसियाली खेलकुदमा नेपालले कास्य पदकमै चित्त बुझाउँदै आएको थियो। २० वर्षपछि भने नेपालले दोस्रो रजत जित्न सफल भएको छ। 

इन्डोनेसियामा भइरहेको १८औं एसियाली खेलकुलअन्तर्गत नेपालले बुधबार प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको हो। जारी एसियाली खेलकुदमा ११ दिनसम्म पदक जित्न नसकेको नेपालले १२औं दिनमा पदकको खाता प्याराग्लाइडिङको पूरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेर खोलेकाे हाे। नेपालले आयोजक इन्डोनेसियालाई पछि पारेर दोस्रो स्थान हात पार्यो। पहिलो भएको जापानसँग २७ अंकले मात्र पछि पर्दा नेपालले एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्ने सुनौलो मौका गुमाउन बाध्य भयो।

क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो।

नेपाललाई ऐतिहासिक रजत दिलाउने टिममा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए। 

नेपाली टिमका कप्तान विमल अधिकारी एसियाली खेलकुदमा प्याराग्लाइडिङ समावेश भएदेखि नै उत्साहित थिए। इन्डोनेसियामा एसियाली खेलकुद चलिरहँदा उनलाई नेपाललाई पदकविहीन हुनबाट जोगाउने अर्को जिम्मेवारी थपिएको थियो। 

'हामी सबैको मिहिनेत र प्रयास खेर गएन। आज प्याराग्लाइडिङले नेपाललाई एसियाली खेलकुदमा पदकविहिन हुनबाट जोगाएको छ,'  ३४ वर्षीय कप्तान विमलले भने, 'राष्ट्रिय भावनाका साथ प्रतिस्पर्धा गरेका थियौं। टिमका युवा खेलाडीको जोशले पनि काम गर्यो।' 

यद्यपी उनै विमलले अन्तिम दिनको टाक्स पूरा गर्न सकेनन्। उनले दुखेसो पोखे, 'दुःख लागेको छ। बिहानदेखि मौसम कस्तो हुन्छ भन्ने चिन्ता थियो। अन्तिम नतिजाले हामी सवैलाई दुःखी बनायो। हामी रजतमै खुम्चिन पर्यो।'

नेपाली टिमका अर्का खेलाडी विजय गौतमले भने पहिले नै नेपालले पदक जित्नेमा ढुक्क रहेकाे बताए। २६ वर्षीय विमल आयोजक इन्डोनेसियाले केही तलमाथि गर्छन् भन्नेमा चिन्तित थिए। उनले भने,'हामीले हरेस खाएनौँ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले नेपालले पदक जित्नुको कारण आत्मविश्वास भएको पनि प्रस्ट पारे। 'एक जना पाइलटको गल्तिले नेपालको पदक गुम्न सक्थ्यो। त्यसैले सबै पाइलटले आत्मविश्वासका साथ उडान भर्यौ,'  उनले अनुभव सुनाए, 'आकासमा टाक्स पुरा नभएसम्म डर भने कायम नै थियो।'  रजत दिलाएर देशको इज्जत जोखाउने टिमका भरपर्दा खेलाडी विजय स्वर्ण जित्न नसक्दा थोरै दुखी छन्। 'पहिलो चरणदेखि नै राम्रो स्थानमा थियौं। अन्तिम क्षणमा चुक्दा जस्तो नरमाइलो के हुन सक्छ?', उनले भने। 

अर्का खेलाडी विशाल थापा अन्तिम दिनको बिहानदेखि नै तनावमा थिए। किनकी कुनै एक जनाको गल्तिले नेपालको पदक गुम्न पनि सक्थ्यो। 'हामी मध्ये कुनै एक खेलाडीको प्रदर्शन खराब भएमा हुँदा हातमै आएको पदक गुम्ने सम्भावना थियो,' २६ वर्षीय विशालले अनुभव साटे,'त्यसैले हामी सबैले नेपाललाई पदकविहिन हुनबाट जोगाउने संकल्प गरेका थियौं।'  सुरुमा सबै पाइलटले आत्मविश्सका साथ उडान पर्दा उनको तनाव कम भइरहेको थियो। उनले भने, '३ खेलाडी टास्क पुरा गर्न सफल भयौं। जसले गर्दा हाम हामीले ऐतिहासिक पदक जित्न सफल भयौँ। आजको दिनलाई जीवनकै एक अविश्मरणीयका रुपमा लिएको छु।'

विमल र विजय जस्तै विशालको मन पनि अमिलो भएको छ। किनकी नेपाल थोरैले स्वर्ण पदक जित्नबाट बन्चित भयो। उनी भन्छन्, '४ जना खेलाडीले मात्र टाक्स पुरा गरेको अवस्थामा नेपालको स्वर्ण पक्का थियो। थोरै अंकले मात्र स्वर्ण पदक गुमाँउदा दुःख लागेको छ।' 

प्याराग्लाइडिङ टिमका कान्छा सदस्य हुन्, युकेश गुरुङ। १७ वर्षीय गुरुङले पनि नेपाललाई ऐतिहासिक रजत दिलाउन ठूलो योगदान दिएका छन्। सुरुवाती २ चरणमा तेस्रो स्थानमा रहँदा सबै हौसिएको  उनले तत्कालीन अनुभव साटे। पाँच राउन्डको पहिलो २ राउन्डमा नेपाल तेस्रो स्थानमा थियो। तेस्रो दिन चौथो स्थानमा झरेपछि नेपाल दबाबमा आएको थियो। तर चौथो दिन नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको थियो।

Xtrem

Xtrem

'मंगलबार सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा नेपाल एकैपटक दोस्रो स्थानमा आयो,'  उनले भने, 'दोस्रोमा आउँदा पदक पक्का भनी खुसी भइसकेका थियौँ।'  उनले आयोजक इन्डोनेसियाले दबाब सिर्जना गरेपनि अन्तिम दिन आत्मबल बलियो पार्दै प्रतिस्पर्धा गरेको बताए।

'जापान हामी भन्दा ७ सय अंकले अगाडि थियो। नेपालका ५ जनामा ३ जनाले मात्र टाक्स पुरा गर्दा मेडलको आशा झनै बढ्यो। उडान भर्दा गल्ति नगर्ने सोच बनाएर खेल्दा पदक आयो,' उनले भने।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्