काठमाडौं– नौवटा विभिन्न संघ संगठन आबद्ध राष्ट्रिय किसान सञ्जालले सरकारसमक्ष २२ बुँदे माग राखेको छ।सञ्जालले किसान र कृषि क्षेत्रका समसामयिक समस्याका विषयमा शुक्रबार कृषि तथा पशुपक्षी मन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहल थालेको पत्रकार सम्मेलनमा सञ्जालले बताएको छ।
सञ्जालले २२ बुँदे माग राख्दै मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा कृषिको बजेट, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा किसान संघ संगठनहरुको सहभागिता अनिवार्य गराउनुपर्ने लगायतका माग राखेको छ।
अहिलेको समयमा बाढी, पहिरो, डुबानबाट क्षति पुगेका किसानलाई राहत र पुन:स्थापनाका लागि विशेष कार्यक्रम ल्याउन आग्रह गरेको छ। देशभरका पशुहरुमा महामारीको रुपमा देखिएको लम्पीस्किन रोगको नियन्त्रण गर्न र रोगबाट पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत र विमाको रकम भुक्तानी गर्नको लागि सञ्जालले माग गरेको छ।
यस्तै, कपास विकास समिति र दुग्घ विकास बोर्ड खारेज गर्ने सरकारको निर्णय सच्याउन आग्रहसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।