• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बजारमा नेपाली आँपकै एकछत्र राज

64x64
नेपाल लाइभ बिहीबार, असार २१, २०८०  १४:४६
1140x725

काठमाडौं– फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपाली बजार पनि सस्तिएको छ। फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ।

अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ। नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ।

गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो। आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेको छ।

जात अनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ। सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो। यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ। दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ।

उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो। अहिले ५० टनको हाराहारीमा आँप काठमाडौं उपत्यकामा गइरहेको छ। विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ।  ‘यसपाली बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो’, बाँनियाले भने,  ‘पछिल्लो दशक होइन २०/२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो।’ 

उनले मण्डीबाट ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे। नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन्।

कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ। विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए। उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ।

आव २०७७/७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो। त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो। आव २०७८/७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ। यो वर्ष झन् राम्रो उत्पादन भएको छ। उत्पादकत्व पनि प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टनले बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए। नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार आँप कै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो, र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन। माग पनि नेपाली आँपकै हुन्छ। नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ।

बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन्। तर बिडम्बना बाहिरबाट अन्य फुलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलुफूल काठमाडौं आउनै सक्दैनन्। आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन। त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ। उनले भने,  ‘महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त? भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो।’

आँपको मुख्यमा भने खास एक रुपता हुँदैन। बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ। व्यापारीहरुलले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आकलन गर्न पनि मुस्किल हुने बताइएको छ।

चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरुले अग्रिम पैसा दिएर बगान नै किनेको हुन्छ। नाफा घाटा सबै व्यापारीको नै हुन्छ। किसानले उत्पादन गरेको मूल्य कति हो र यहाँ व्यापारिक मूल्य कति हो भनेर छुट्याउन गहे हुने व्यवसायीहरु बताउँछन्।

Xtrem

Xtrem

किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ। उनीहरुले कुनैबेला ठूलै नाफा पनि लिन सक्छन्। कुनै बेला घाटा पनि हुनसक्छ । यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए।

कालीमाटीको अवस्था
काठमाडौं उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट बिक्री हुन्छ। कालीमाटीबाट नगन्य मात्रामा फलफूल बिक्री हुन्छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौंमा यहाँबाट १० प्रतिशत पनि फलफूल बिक्री हुन्न।

उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल बिक्री भएको छ। त्यसमा ७९३ अर्थात ५० प्रतिशतभन्दा बढी सिरहाको आँप आएको छ। सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ। कूल भित्रिएकोमध्ये १६३ टन अर्थात् १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ।

सिजनको सुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रसस्त हुने उनले बताए। सुरुमा आँप अलि महँगो भएर आउँछ। आँपको सिजन जेठ र असार हो।

यो समयमा नेपाली आँपले नै भरिन्छ। आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए।  उनका अनुसार यहाँबाट जेठको पहिलो साता प्रतिकिलो २२८ रुपैयाँले थोकमा आँप बिक्री भएको थियो। दोस्रो साता १९१, तेस्रो साता १११ चौथो साता ८६ ले बिक्री भएको थियो।

असारको पहिलो साता ६२, दोस्रो साता ७३,  तेस्रो साता ७५ हाराहारीमा बिक्री भइरहेको छ। यही १७ गते कालिमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा बिक्री भइरहेको छ।

आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक बिक्री भइरहेको छ। कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अली महँगोमा फलफूल बिक्री भइरहेको छ। दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा जान्छ, पाकिसकेको आँप सस्तोमा जान्छ त्यसैले आँप यति नै कारोबारमा हुन्छ भनेर भन्न नसकिने श्रेष्ठले भने।

नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती
नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ। नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ।

व्यावसायिक रुपमा आँप खेती हुने २४ जिल्ला छन्। हाल झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रुपमा आँपको खेती भइरहेको छ।

फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन। बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ। नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन।

फरकफरक समयमा फरकफरक जातका आँप उत्पादन हुन्छ। अगौटे जातहरुमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन्, जसमध्ये जातहरुमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन्। पछौटे जातहरुमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि रहेका छन्। फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका लागि आव २०७३/७४ देखि २०८२/८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन्।

हावापानीको दृष्टिकोणले तराईदेखि मध्यपहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ। आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ तीन/चार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ।

पहाडी भेगका गर्मी ठाउँहरुमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ। उष्णप्रदेशीय फलफूलहरुमध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ। पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ।

पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ। दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तिया, निलम, खौजलीलगायतका आँपका जात छन्।

आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो। भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ। यसले तुषारो र सुख्खा सहन सक्दैन।

जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैंचा बनाउन उपयुक्त हुँदैन। एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्