काठमाडौं- गृह मन्त्रालयको शान्ति, सुरक्षा महाशाखा प्रमुख जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त भएका छन्। अहिलेका सीडीओ घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि गृह मन्त्रालयले बस्नेतलाई काठमाडौंको सीडीओमा पठाएको हो।
बस्नेत यसअघि गृह मन्त्रालयका सहसचिव (सुरक्षा तथा समन्वय महाशाखा) एवं प्रवक्ता थिए।
उनले यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागको महानिर्देशक, गोर्खा, चितवन तथा पर्साको प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्री कार्यालयको सहसचिव, भूकम्प प्राधिकरण कार्यालयको सहसचिवि लगायतको जिम्मेवारी निभाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।