काठमाडौं– बत्तिस पुतलीको हिमालयन जाभा कफी हाउसले लेवल नभएको खाद्य सामग्री बिक्री गरेको पाइएको छ। काठमाडौं महानगर पालिकाले अनुगमन गर्दा त्यस्ता सामग्री पाइएपछि महानगरले १० हजार जरिवाना गरी सामग्री जफत गरेको छ।
अनुगमन पछि एक विज्ञप्ति मार्फत महानगरले उक्त जानकारी दिएको छ। २० थान बेकरी आइटम लेवल नभएकोमा जफत गरेको हो।
‘काठमाडौं महानगरपालिका वडा नम्बर ९ बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउस प्रालिमा खाद्य अनुगमन गर्दा लेवल नभएको खाद्य सामग्री बिक्री वितरण गरेकोले रु १००००( दशहजार) जरिवाना गरिएको। २० थान बेकरी आइटम लेवल नभएकोमा जफत गरिएको छ,’ मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।