• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संघीय सरकारको खर्च : १२ खर्ब, जेठ मसान्तसम्म ८ खर्ब ७५ अर्ब मात्रै राजस्व संकलन 

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असार १९, २०८०  १९:४१
1140x725

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७९/०८० मा १७ खर्ब ९३ अर्ब कूल बजेट छुट्याएको थियो। जसमध्ये चालूतर्फ ११ खर्ब ८३ अर्ब र पुँजीगततर्फ ३ अर्ब ८० अर्ब र वित्तीय व्यवस्थाको २ अर्ब ३० अर्ब रहेको थियो। चालू खर्चभित्र प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने ४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो।

यस्तै चालू आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा राजस्व तर्फ १२ खर्ब ४० अर्ब रहेको छ। ५५ अर्ब अनुदान प्राप्ती र वैदेशिक ऋण २ खर्ब ४२ अर्ब र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रहेको छ।

अर्थमन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले अर्थसमितिको बैठकमा उक्त तथ्यांक प्रस्तुत गर्दै कूल बजेटमध्येबाट चालू आर्थिक वर्षको असार १७ गतेसम्म कूल १२ खर्ब ५४ अर्ब रुपैयाँ संघीय सरकारको खर्च भएको जानकारी दिए।

जसमध्ये ९ अर्ब २९ करोड चालू खर्च, १ खर्ब ६८ अर्ब पुँजीगत तर्फ र  १ खर्ब ५५ अर्ब वित्तीय तर्फको खर्च भएको छ। यो लक्ष्यको तुलनामा जम्मा ७० प्रतिशत मात्रै खर्च भएको घिमिरेको भनाइ छ। चालू खर्चको वृद्धि राजस्व असुलीको दरभन्दा बढी रहेको र बर्सेनि १० खर्बभन्दा बढी अनिवार्य दायित्वमा खर्च हुने गरेकाले आन्तरिक स्रोतले चालू खर्च धान्नसमेत धौधौ परिरहेको अर्थमन्त्रालयले जनाएको छ।

यस्तै पेन्सन, सामाजिक सुरक्षा, निजामती/शिक्षक/सुरक्षाकर्मी/स्वास्थ्यकर्मीको तलव लगायतमा बर्सेनि दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापनमा जटिल चुनौती रहेको मन्त्रालयको भनाइ छ।

सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट 
चालू आर्थिक वर्षमा आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ४३ अर्ब, रासायनिक मल खरिदमा ७ अर्ब, कर्मचारी/शिक्षक/स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको वृद्धि भएको तलबभत्तामा ३० अर्ब, सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट व्यवस्था गर्नुपरेको  मन्त्रालयका राजस्व सचिव घिमिरेले जानकारी दिए।

‘चालू खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनःप्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको छ। यसै सम्बन्धमा चालू आर्थिक वर्षमा केही खर्च शीर्षकहरुको बजेट रोक्का र केही शीर्षकको खर्च कटौती गरी बजेट कार्यान्वयन गरिएको छ,’ सचिव घिमिरेले भने।

सुरक्षाकर्मीको रासन र कैदीको सिदाका लागि २ अर्ब आवश्यक 
सुरक्षाकर्मीको रासन र कैदीबन्दीको सिदाका लागि २ अर्ब थप स्रोत व्यवस्थपन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ। यसवर्ष अनिवार्य दायित्वको भुक्तानीका लागि अबको २५ गतेभित्र करिब २५ अर्बको स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था छ भने पुँजीगततर्फ विगतको सिर्जित दायित्व भुक्तानी स्रोत सहमति  प्रदान गरिएका रकमको लागिसमेत ठूलो रकमको स्रोत व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतमा परेको दबाबका कारण स्रोत सहमतिलाई कडाई गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी स्रोत संकलनमा देखिएको यस किसिमको अवस्थामा हरेक प्रकारका खर्चलाई मितव्यायी बनाउनु पर्ने मन्त्रालयको भनाइ छ।

९ खर्ब बढी राजस्व संकलन
सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो। तर जेठ  मसान्तासम्ममा ८ खर्ब ७५ अर्ब ५९ करोड रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ। यो वार्षिक लक्ष्यको ६२.४० प्रतिशत हो।

यस तथ्यांकलाई नियाल्ने हो भने, लक्ष्य हासिल गर्नका लागि ५ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ संकलन हुन बाँकी रहेको छ। गत जेठ मसान्तासम्म ९ खर्ब ८५ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको थियो। जसअनुसार यसवर्ष गत वर्षको तुलनामा १ खर्ब ९ अर्ब ९९ करोडले अर्थात् ११.१६ प्रतिशतले कमी हो।

सरकारले भन्सार विभागका तर्फबाट ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर ३ खर्ब ४८ अर्ब १८ करोड रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यको ६१.२९ प्रतिशत हो। गत आर्थिक वर्षभन्दा २४.२४ प्रतिशले घटेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Xtrem

Xtrem

आन्तरिक राजस्व विभाग तर्फबाट ५ खर्ब २४ अर्ब ३४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ खर्ब १० अर्ब ८२ करोड मात्र संकलन भएको छ। यो लक्ष्यको ७०.१५ प्रतिशत हो। यो गत आर्थिक वर्षको तुलनामा ०.५२ प्रतिशतले घटेको पाइएको छ।

यस्तै गैर कर संकलनतर्फ ७७ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ। यो गत वर्षको सोही अवधिको तुजनामा ११.८८ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सरकारकै कारण राजस्व उठ्न नसकेको सांसदहरुको गुनासो 
अर्थ समितिको बैठकमा प्रस्तुत गरिएको तथ्यांकबारे समितिका सांसदहरु नै असन्तुष्ट देखिएका छन्। सत्तारुढ दल नेपाली कांग्रेसका साांसद विनोद चौधरीले साधारण खर्चसमेत १० प्रतिशतभन्दा कम हुनु भनेको अर्थतन्त्र अझै चलायमान नभएको हो कि भन्ने आशंका व्यक्त गरे। 

उनले बैंकहरुमा पैसा भए पनि ऋण पैदान गर्न नसकेको, वित्तीय संस्थाहरु महत्त्वपूर्ण पुलको रुपमा बसेको भए पनि त्योसमेत चलायमान नभएको टिप्पणी गरे। 

त्यसैगरी रास्वपाका सांसद स्वर्णिम वाग्लेले १२ दिनमा २६ अर्ब उठाउन सक्ने सरकारसँग चमत्कार नभएको बताए। उनले १२ दिनको अवधिमा उक्त रकम उठाउने के चमत्कार छ भन्दै प्रश्न गरे। त्यस्तै सांसद मेटमणि चौधरीले वैदेशिक सञ्चितीका सन्दर्भमा रेमिट्यान्सबाहेकको विकल्प खोज्नुपर्ने बताए।

सांसद दीपक खड्काले संघीय सरकारबाटै ५ लाख १० लाखका बजेट छरेको आरोप लगाउँदै त्यसको कार्यान्वयनमाथि प्रश्न गरे। उनले अर्थतन्त्रलाई चलायमान गर्नका लागि भुक्तानी रोक्न नहुनेमा जोड दिए। सांसद पूर्णबहादुर तामाङले अर्थमन्त्रालयले प्रत्येक महिना के कति राजस्व उठ्यो त्यसको विवरण सार्वजनिक गर्न माग गरे। 

उनले सरकारले २० वर्ष पुराना सवारी साधनहरुलाई विस्तापित गर्नुपर्ने र त्यसको ठाउँमा विद्युतीय सवारी साधन भित्र्याउनुपर्नेमा जोड दिए। सांसद विराजभक्त श्रेष्ठले दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी सरकारले ध्यान दिनुपर्ने बताए। उनले अर्थ समितिको सभापति कहिल्यै पाउने हो भन्दै प्रश्नसमेत गरे। साथै दलहरुको भागबण्डाको सिन्डिकेट भएको भन्दै विरोधसमेत गरेका छन्।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बजेट कर्मकाण्डी मात्रै नभएर त्यसमाथिको छलफलका कारण सरकारको ध्यानाकर्षण भएको बताए। बैठकमा बोल्ने अधिकांश सांसदहरुले समयमै मल खरिद गर्न नसकेको, ठूला व्यापारीलाई राजस्व छुट दिएकोलगायतका विषयहरु उठाएका थिए।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्