काठमाडौं– पछिल्ला तीन कारोबार दिन ओरालो लागेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ। मंगलबार सेयर बजार १२.७३ अंकको वृद्धिसहित नेप्से २०८८ मा कायम भएको छ।
कारोबार रकम भने पछिल्ला दिनका तुलनामा घटेको छ। मंगलबार २ अर्ब ५७ करोड माथिको मात्र कारोबार भएको छ। जम्मा १४५ कम्पनीको मूल्यमा सुधार आएको छ भने ७२ कम्पनीको मूल्य भने गिरावट आएको छ।
यता सबै उपसूमहहरु भने बढेका छन्। जसमा सबैभन्दा धेरै होटल उपसमूह बढेको छ। यो १३३ अंकले बढेको छ। त्यस्तै, निर्जीवन बीमा ७८, उत्पादन ४०, वित्तीय ३५, र विकास बैंक उपसमूह ३१ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।