काटमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा मधेस प्रदेशको कृषि कर्जा ५६ अर्ब नाघेको छ। सोमबार राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा १२.१२ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७ करोड रुपैयाँ पुगेको हो।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५० अर्ब १ करोड रुपैयाँ रहेको थियो। यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२.३८ प्रतिशत रहेको छ।
मधेस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १५.४८ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्जा प्रवाह सप्तरी जिल्लामा ७.१३ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।