काठमाडौं- आइतबार ५३ अंकले गिरावट आएको शेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन। सोमबार शेयर बजार २१.३२ अंकले घटेको छ।
करिब ४ अर्ब ५१ करोडमाथिको कारोबार भए पनि नेप्सेमा दोहोरो अंकको गिरावटले २०७५ अंकमा कायम भएको छ। सोमबार १७४ कम्पनीको मूल्य घट्यो भने २१ कम्पनीको मात्र मूल्य बढेको छ।
सोमबार होटलबाहेक सबै उपसमूहको मूल्य घटेको छ। होटलमा भने ११४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन बीमा उपसमूह घटेको छ। यो २३० अंकले घटेको छ। त्यस्तै निर्जीवन बीमा कम्पनीमा ८६ अंकले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।