काठमाडौं- मुस्ताङी राजाको छोराको बिहेका लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा जारी सूचनामा सोमबार बिदा दिने उल्लेख छ।
‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको शुभ-विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले मिति २०८०/०३/१८ गते सोमबारको दिन यस गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’, सूचनामा उल्लेख छ।
२०६२/०६३ सालको दोस्रो जनआन्दोलनअघिसम्म उपल्लो मुस्ताङमा राजा जिग्मे पलवर विष्ट लोकप्रिय थिए। तर, देश गणतन्त्रमा गएसँगै मुस्ताङी राजाको औपचारिक पद गुमेको थियो।
![lamanthang1688301144.jpg](https://nepallive.net/uploads/posts/lamanthang1688301144.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।