काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित गरेको हो।
सांसदहरुले उठाएको प्रश्नको अर्थमन्त्री डा प्रकाश शरण महतले जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि आजै आर्थिक विधेयक, २०८० पनि पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।