काठमाडौं– प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०८० पारित गरेको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक पारित गरेको हो।
प्रतिनिधि सभाको बैठक सभामुखको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले सो विधेयक निर्णयार्थ पेस गरेकी थिइन्। बहुमतबाट सो विधेयक पारित भएको हो।
अर्थमन्त्री डा प्रकाश शरण महतले सो विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि उपसभामुख रानाले संसद्मा निर्णयार्थ पेस गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।