• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दक्षिण एसियामा खाद्य संकट टार्ने कसरी?

देवेश रोय, शाहिदुर रशिद र अञ्जनी कुमार शुक्रबार, असार १५, २०८०  १६:३७
1140x725

भारत अहिले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने मानव आवादीको एक चौंथाई हिस्सा ओगटेको दक्षिण एसिया सबैभन्दा घना बस्ती भएको क्षेत्र पनि हो। बढ्दो जनसंख्याका कारण दक्षिण एसिया जति पृथ्वीको अन्य कुनै पनि क्षेत्रमा स्रोतसाधन (जमिन, पानी र उर्जा) को संकट छैन। एकपछि अर्को संकटसँग विश्व जुधिरहेका बेला बेला कोभिड–१९ को महामारी, जलवायु परिवर्तनले बढेको प्राकृतिक प्रकोप र नागरिक अस्तव्यस्तता तथा राजनीतिक अस्थिरता, खाद्यान्न र मलको संकट जस्ता अन्य मानव निर्मित समस्या दक्षिण एसियामा चर्किएको छ।

यी संकटले विशेष गरी प्रतिव्यक्ति आय २२ सय डलरभन्दा कम भएको ठाउँमा बढी पिरोल्छ। (यो प्रतिव्यक्ति आय अफ्रिकाको सबसहाराको भन्दा मात्रै बढी हो, जसको जनसंख्या केवल १७ प्रतिशत छ)। केही दक्षिण एसियाली देशहरूले त थप आर्थिक संकट (ऋण र भुक्तानी सन्तुलन समस्याहरू) का श्रृंखला नै सामना गर्नु परेको छ। यसले ती देशको संकटको सामना गर्ने तथा वित्तीय व्यवस्था ठीक पार्ने सामर्थ्य घटायो। यस्तै संकटका कारण गएको वर्ष पाकिस्तानमा ६६ र श्रीलंकामा ३६ प्रतिशतले खाद्यान्नको मूल्य बढेको थियो।

प्राकृतिक विपद्का अलवा राजनीतिक द्वन्द्व र मानवीय संकटले दक्षिण एसियालाई गाँजेको छ, जो खाद्य सुरक्षा र शान्ति सुरक्षाका लागि चुनौती हो। रोहिंग्या संकटले विशेष गरी बंगलादेशमा शरणार्थीहरूको ठूलो आगमन र श्रीलंकामा राजनीतिक द्वन्द्वले खाद्य संकटलाई बढायो। जसले त्यहाँको शासन व्यवस्थामै असर पार्‍यो।

यसबाहेक दक्षिण एसिया सबैभन्दा बढी जलवायु जोखिममा छ। यसले विश्वका सर्वोच्च १४ मध्ये ८ हिमशिखर भएको देश नेपाललाई पनि पिरोलेको छ, जहाँ झण्डै ८० प्रतिशत वर्षा ४ महिनाको मनसुनबाट आउँछ। विश्व बैंकको प्रतिवेदनअनुसार, विशाल तटवर्ती क्षेत्रमा कृषिमा भएको उच्च निर्भरताका कारण आधाभन्दा बढी दक्षिण एसियाली देशका ७५ करोड मानिस विगत दुई दशकमा एक वा बढी जलवायु सम्बन्धी प्रकोपबाट प्रभावित भएका छन्। अधिकांश दक्षिण एसियाली देशहरूले जलवायु परिवर्तन गराउने कुनै नराम्रो काम गरेका छैनन्। तर, औद्योगिक देशहरुले गरेको खराब कामको परिणाम भने उनीहरुले पनि भोग्नु परिरहेको छ। नगरेको गल्तीबाट मुक्ति पाउनु जलवायु न्यायका प्राकृतिक मागहरु हुन्।

जलवायु परिवर्तन र खाद्य संकटबारे अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (इफ्रि) को ग्लोबल फूड पोलिसी रिपोट २०२३ भर्खरै सार्वजनिक भएको छ। यसले आय, लैंगिक र अन्य कारणहरुले हुने बहुसंकटका प्रभावहरूबारे प्रष्ट आँकडाहरु प्रस्तुत गरेको छ। खाद्य संकटको अवस्थाबाट पाठ सिकेर त्यसको सामना गर्ने रणनीतिहरूका बारेमा पनि प्रतिवेदनले मार्ग प्रशस्त गरेको छ। खाद्य संकटको प्रारम्भिक चेतावनी प्रणाली, कृषि–खाद्य मूल्य श्रृंखला, सामाजिक सुरक्षा र संकट प्रतिक्रियाको पर्याप्त संसाधन सम्बन्धी आविष्कारहरू खाद्य संकट समाधानका उपायका प्रमुख सिफारिसहरू हुन् भनी प्रतिवेदनले औंल्याएको छ।

संकटको सामना गर्न र तिनीहरूको प्रभावलाई न्यूनीकरण गर्न, दक्षिण एसियाली देशहरूले विगतबाट पाठ सिक्दै छन्। यसबाट प्रत्येक देश, क्षेत्र र विश्वले नै नयाँ ज्ञान लिन सक्छन्। उक्त प्रतिवेदनका अनुसन्धाताहरुका अनुसार सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीपछि ल्याइएको २००५ को विपद् व्यवस्थापन ऐनले राष्ट्रियदेखि जिल्ला तहसम्म विपद् व्यवस्थापनलाई एकीकृत गरेर भविष्यमा हुने क्षतिलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

यसको अतिरिक्त, हिन्द महासागरमा सुनामीका लागि प्रारम्भिक चेतावनी प्रणालीको पनि स्थापना भएको थियो, त्यतिबेला। इफ्रिले अनुसन्धान र नीति निर्माणमा सहकार्य गर्दै आएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमेस्टेक) जस्तो क्षेत्रीय साझेदारीको संयन्त्रले पनि प्रारम्भिक चेतावनी प्रणालीलाई मुख्य प्रवाहमा ल्याउन जोड दिएको छ, जो ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३ को मुख्य सिफारिसमध्ये एक हो।

त्यस्तै, कोभिड-१९ को महामारीमा लकडाउनको व्यवस्थापनले दक्षिण एसियाले महत्त्वपूर्ण पाठ सिकाएको छ। बंगलादेशले पूर्ण बन्दाबन्दी सुरु हुनुअघि कसरी राष्ट्रिय बिदाहरु दियो वा असाधारण रूपमा ठूलो जनसंख्याको लागि खोपको व्यवस्थापन कसरी गरियो भन्ने मामिलाले महत्त्वपूर्ण शिक्षाहरू प्रदान गर्दछ। साथै, कोभिड रोकथामका प्रयासमा देशहरूले सामाजिक सुरक्षा कार्यक्रमहरूको विश्वव्यापीकरणको लागि डिजिटल र संस्थागत आविष्कारहरू प्रयोग गरे र प्रणालीमा प्रसारयोग्य विभाज्यता ल्याए। बंगलादेश र भारतमा भएको 'एक राष्ट्र एक रासन कार्ड'को प्रणाली यसको उदाहरण हो। दक्षिण एसियाले प्रणालीहरूको प्रभावकारितामा सुधार गर्न डिजिटलाइजेसनको प्रयोग पनि गरिरहेको छ। जस्तो कि, भारत र नेपालबीच सीमापार डिजिटल लेनदेन सुरु भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संकट समाधानमा दक्षिण एसियाका लागि अबको बाटो
संकटपछिको संसारमा, दक्षिण एसियाली देशहरूले खाद्य प्रणालीमा विभिन्न स्तरमा लचिलोपन देखाएको भए पनि, संकटबाट सिकेर अघि बढ्न ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३ ले औंल्याए झैं समग्र र दीर्घकालीन दृष्टिकोणको थप आवश्यकता छ। त्यसअनुसार, अबको कार्यदिशा यो होः

१. दक्षिण एसियामा नीति निर्माता तथा मानवीय सहायताका संस्थाहरुलाई चनाखो राख्न औपचारिक तथा स्रोतसम्पन्न पूर्व चेतावनीका प्रणालीहरु हुनु जरुरी छ। विपद्‌को स्रोत र प्रभाव सीमाहीन हुने हुनाले चेतावनी प्रणालीहरु अन्तरदेशीय हुनुपर्छ र यस्ता प्रणालीले विविध विषयको ज्ञान तथा सीपको प्रयोग गर्नु पर्छ।

२. सामान्यतया संकटबाट प्रभावित विश्वमा ठूलो व्यापार र बजार एकीकरणको आवश्यकता हुन्छ। ऐतिहासिक रूपमा र अहिले पनि दक्षिण एसियाली देशहरू बीचको व्यापार र बजार सम्पर्कको उपयोग यसको सम्भाव्यताभन्दा निकै कम छ। प्रमुख व्यापारिक परिणाममा सुधार तथा विपद्‌को सामना गर्ने सामर्थ्य बढाउन आवश्यक छ। व्यापार उदारीकरण गरेर र निजी क्षेत्रलाई समावेश गरेर बंगलादेशले उदाहरणीय रुपमा विपदको सामना गरिरहेको छ। यसको परिणाम हामी सन् १९९८ को बाढीमा देख्न सक्छौं, जहाँ व्यापारिक क्षेत्रसमेतको संलग्नतामा भएको उद्धार प्रयासले खाद्यसंकट हुन पाएन।

३. जोखिममा परेकाहरुको उद्धारका लागि सामाजिक सुरक्षा सञ्जाललाई चुस्त राख्न संस्थागत र प्राविधिक नवप्रवर्तन अहिलेको आवश्यकता हो। धेरै संकटलाई सामना गर्न सक्ने गरी सामाजिक सुरक्षा सञ्जाललाई लचिलो राख्न जरुरी छ। यसका लागि नयाँ प्रविधि र संस्थाहरूको प्रयोग आवश्यक छ जसले साझा हित प्रदान गर्छ।

४. संकटबाट हुने लैंगिक विभेदका प्रभाव धेरै छन्। त्यसलाई समेत मध्यनजर गर्दै दक्षिण एसियामा संकट समाधानको प्रणाली समावेशी नीतिका साथ बनाउनु पर्छ। सामाजिक पहिचान र दुर्गमतामा आधारित अन्य कमजोरीहरूलाई पनि दक्षिण एसियाको विशिष्ट सन्दर्भमा ध्यानमा राख्नुपर्छ।

५. त्यस्तै, दीर्घकालीन दिगोपनका लागि अनुकूलित जलवायु–उत्थानशील कृषिमा लगानी बढाउन र आधुनिक प्रविधि तथा लगानीमा निम्न वर्गको पहुँच सुनिश्चित गर्न आवश्यक छ।

(देवेश रोय वरिष्ठ रिसर्च फेलो, शाहिदुर रशिद दक्षिण एसियाका निर्देशक र अञ्जनी कुमार इफ्रीमा वरिष्ठ अनुसन्धान फेलो हुन्। यसमा व्यक्त गरिएका कुनै पनि विचारहरू लेखकका हुन् संस्थाको होइन।)

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’ शनिबार, असोज ३, २०८३
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शनिबार, असोज ३, २०८३
आज संविधान दिवस मनाइँदै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्