काठमाडौं- विनियोजन विधेयक २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्वको जवाफ प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयले बुधबार दिनेछन्।
बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयगत छलफलमा सदस्यहरूले उठाएका प्रश्नहरूको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास र अर्थ मन्त्रीले जवाफ दिएका छन्।
प्रतिनिधि सभाको अर्को बैठक २०८० असार १३ गते बुधबार बिहान ११:०० बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।