काठमाडौं– मंगलबारको कारोबार सकिँदा सेयर बजारमा ५६.९४ अंकको वृद्धि भएको छ। उक्त अंकको वृद्धिले नेप्से २१८६ कायम भएको छ।
मंगलबार १८७ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ३४ कम्पनीको मूल्यमा भने गिरावट आएको छ।
मंगलबार लगानीकर्ताहरुको धेरै आकर्षण भने लघुवित्तमा देखिएको छ। निर्धन लघुवित्त, डिप्रोस लघुवित्त, नेरुदा लघुवित्त, गा्रमिण विकास लघुवित्तलगायत अन्य १७ लघुवित्तको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लाग्दै कारोबार बन्द गरिएको थियो। समग्रमा लघुवित्त उपसमूह ३५३ अंकले वृद्धि भएको छ।
यसबाहेक बैंकिङ उपसमूह ४८, विकास बैंक ५३, वित्तिय ८३, जीवन बीमा उपसूमह ९४ अंकले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।