भद्रपुर– झापामा कार र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा कार र ट्रक आपसमा ठोक्किएका हुन्।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएका छन्।
घाइतेहरुको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।