बाँके– बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ।
गाउँपालिकाको १३ औं गाउँसभामा नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
गाउँपालिका शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि ५ करोड ७० लाख विनियोजन गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ।
पूर्वाधार विकास क्षेत्रको लागि १० करोड विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रको लागि २० करोड बजेट विनियोजन गरिएको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरिएको छ। संघ र प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाको लागि समपूरक कोषको लागि २ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।