काठमाडौं– आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।
यस्तै महनगरका स्थानीयलाई अर्गानिक तरकारी फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषि उपजको बिक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा एग्रोपुलिङ कार्यक्रमका लागि एक करोड रकम विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।