• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रास्वपाको एक वर्ष: ‘लोकरिझ्याइँ’मै रमाउने कि विधिमार्फत् परिवर्तन खोज्ने?

64x64
शिरोमणि ढुङ्गाना बिहीबार, असार ७, २०८०  १९:३८
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक सुरुवात भएको एक वर्ष पुगेको छ। यो छोटो राजनीतिक यात्रामै सत्तापक्ष हुँदै ‘रचनात्मक प्रतिपक्षी’को भूमिकामा पुगेको यो पार्टीले आगामी दिनमा आफूलाई परम्परात र ठूला दलहरुभन्दा पृथक रुपमा उभ्याउला वा उस्तै बाटो समाउला? यो प्रश्नको जवाफ रास्वपाका नेताहरुको भाषणमा होइन, उनीहरुको कार्यसम्पादन र गतिविधिहरुले प्रतिबिम्बित गर्दै जानेछ।

सबैभन्दा पहिला चर्चा गरौं रास्वपाको उदयको। यो दलको उदय अहिंसात्मक छ। मतदातामा अपिल निर्माण गरेर नै स्थापित भएको दल हो, रास्वपा। यो दलको निर्माणको सबैभन्दा ठूलो आधार सिद्धान्त वा भिजनभन्दा पनि परम्परागत दलहरुबाट सिर्जित कुशासनको दुष्चक्र को विरोध नै हो। गिरोहतन्त्र चलाइरहेका ठूला दलहरुसँग आजित जनताले ती दलहरुको विकल्पमा उदाउने आशा राखेको राजनीतिक शक्ति हो, रास्वपा। सिद्धान्त र आदर्श मानकहरु बनाउनको लागि त यो दल अझै संघर्ष गर्दैछ।

स्वभाविक थियो, परम्परागत दलका नेताहरुका कारण नेपाली समाजमा लोकतन्त्र कमजोर हुँदै छ। गिरोहतन्त्रले जरा गाडेको छ। विसंगति, भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद र अन्य विकृत अभ्यासहरु संस्थागत हुँदै गएका छन्। टेलिभिजन कार्यक्रममार्फत् जनस्तरमा लोकप्रियता आर्जन गरेका रास्वपाका सभापति रवि लामिछानेको लागि यी सबै अवस्था राजनीतिमा स्थापित हुनको लागि एउटा मौका थियो। त्यो मौकाको सदुपयोग गर्न उनी दत्तचित्त देखिन्छन्।

आफैं पपुलिजमको मनोग्रन्थीबाट ग्रसित पुराना दल, पुराना दलभित्र सुधार चाहिरहेका र पुराना दलहरुबाट लाभ लिएकाहरुले नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाई पपुलिस्ट अर्थात् लोकरिझ्याँइवादीको रुपमा आलोचना गर्दैछन्।

उनी भाषणहरुमा चर्को सुनिए। नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादी केन्द्रभित्र सुधारका आवाज उठाउनेहरुलाईभन्दा रास्वपा र रवि लामिछानेलाई एउटा सुविधा थियो– नयाँ दल भएका कारण उनले दलका पुराना नेताहरुले सुरु गरेका विकृति र कुशासनको भारी बोक्नु परेन। यस कारण उनलाई चर्को विरोध गर्न पाउने सुविधा प्राप्त भयो। पुराना दलहरुले सुध्रने वाचा गर्ने तर कार्यशैली सधैं उस्तै राख्ने गरेको देखेर आजित भएका मतदाताहरुले उनलाई पत्याइदिए। यो उनको सफलता हो।

तर पुराना दलहरु र ती दलबाट लाभ लिइरहेकाहरुलाई रास्वपा र त्यसका अध्यक्ष लामिछानेले आर्जन गरेको सफलताको प्रशंसा गर्न सहज हुने कुरै भएन। प्रारम्भिक चरणमै मतदातामाझ रुझान सिर्जना गर्न सफल एउटा नेताको खुला स्वागत र प्रशंसा प्रतिस्पर्धी राजनीतिक दलहरुबाट आशातित पनि हुन्न। त्यसपछि उनीमाथि पनि प्रत्याक्रमण सुरु भयो। रास्वपाको उदयसँगै नेपाली राजनीतिमा दुई वटा शब्दहरु चर्चामा रह्यो– पपुलिजम अर्थात् लोकरिज्याँइ र स्टन्ट।

बहसमा पपुलिजम
आफैं पपुलिजमको मनोग्रन्थीबाट ग्रसित पुराना दल, पुराना दलभित्र सुधार चाहिरहेका र पुराना दलहरुबाट लाभ लिएकाहरुले नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाई पपुलिस्ट अर्थात् लोकरिझ्याँइवादीको रुपमा आलोचना गर्दैछन्।

पुराना दलका केही नेता तथा समर्थकहरु रास्वपाको पक्षमा देखिएको जनलहरबाट अत्तालिएको प्रतीत हुन्छ। उनीहरुको आलोचना रास्वपा र त्यसका अध्यक्ष मात्र होइन, मतदातासँग पनि पुगेको देखियो। फलतः कतिपयलाई पपुलिजमको रोग लाग्यो, र कतिपयलाई विवेकहीन अलाप लाग्यो। यो एक वर्षमा पुराना दलहरु आफ्नो कार्यशैली सुधार्न कम र नयाँ राजनीतिक शक्ति समाजको लागि हितकर छैन भन्ने कथ्य निर्माण गर्न ज्यादा समय खर्चिएको जस्तो देखिन्छ। जनताको चरम निराशालाई सम्बोधन गर्ने दायित्वबाट भाग्दै पुराना राजनीतिक दलहरु नयाँ शक्तिलाइ पपुलिस्ट उपमा दिएर पन्छिने प्रवृत्ति देखिन्छ। स्वभाविक छ, पुराना दलहरुको यो रणनीतिको लाभ रवि लामिछाने र रास्वपाले नै पाउने छ।

nimb
nimb
Ncell 2
Ncell 2

परम्परागत दलहरुले निम्त्याएका विकृति, भ्रष्टाचार र कुशासनबाट आजित लाखौं मतदाताहरुका निम्ति वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चर्का भाषणबाजीभन्दा कामबाट नै सुशासन र परिवर्तनको प्रत्याभूति दिनुपर्ने चुनौती छ। 

आफ्नै कार्यशैली, भ्रष्ट आचरण, गुटतन्त्र र लुटबाट विश्वसनियता गुमाएका पुराना दलका नेताहरुकोभन्दा आजको समाजमा रवि लामिछानेकै अपिल ज्यादा भरोसायोग्य मानिन्छन्। यो अतिरञ्जना होइन। यो रास्वपाको समर्थन पनि होइन। यो वास्तविकता हो। र आजको अवस्थामा यो वास्तविकतालाई कतिले खुला स्वीकार गर्छन् भने कतिले मौन रुपमा।

त्यसो भए के रास्वपा पपुलिजमबाट पुलकित छ भन्ने आरोप आधारहीन हो? होइन। यो दलले बाँडेका आश्वासनहरु, देखाएका सपनाहरु र गरेका वाचाहरु नै यो दलको पपुलिस्ट रुझानको प्रमाणको रुपमा देखिन्छन्।

आमजनतालाई सपनाहरु देखाइरहँदा रास्वपाले ध्यान दिनुपर्छ, इतिहासको कुनै कालखण्डमा यस्तै वाचाहरु कांग्रेस, एमाले र माओवादीले पनि बाँडेका थिए। मुलरुपमा सत्ता बाहिर रहँदा दिइने ठूला आश्वासन, रुमानी सपनाहरु र चर्का विद्रोही स्वरलाई सम्बोधन गर्न नसक्दा समाज झनै छिटो निराशामा जानसक्छ।

विधिहरुमार्फत् अनुशासन
वैशाखको उपनिर्वाचनको क्रममा रास्वपाबाट तनहुँ–१ मा प्रतिस्पर्धा गर्दै गरेका डा स्वर्णिम वाग्लेले रास्वपा अध्यक्ष लामिछानेको देश विकासको हुटहुटीलाई बीपीको जस्तै हुटहुटी भन्ने टिप्पणी गरेका थिए। लामो समय नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालेका वाग्लेलाई पक्कै पनि थाहा छ– आजको समयमा जनतामा गरिएका वाचाहरु पूरा गर्न हुटहुटी र ऊर्जा अनिवार्य शर्त हो तर पर्याप्त होइन।

इतिहासमा पटक–पटक लोकतान्त्रिक आन्दोलनमा होमिएका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग त हुटहुटी र ऊर्जा मात्रै थिएन, त्याग र समर्पण पनि थियो। बीपीकै संगत गरेका, बीपी वा पुष्पलालका आदर्श पछ्याएका, लोकतान्त्रिक संघर्षको दौरानमा जनताको घर–घरमा पुगेर दुःखका पहाडहरु नियालेका, र कठोर जेल जीवन भोगेका कांग्रेस र एमालेका नेताहरु आज कुशासनको बिम्ब बन्लान् भन्ने त्यो बेलाको नेपाली समाजलाई लागेको थियो होला?

धेरै पर जानै पर्दैन, २०५२ सालमा माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा राखेका मागहरु र ‘ज्यान दिन तयार’ भएर युद्धमा लागेका नेताहरुमा कम्ति हुटहुटी थियो होला? कम्ति ऊर्जा थियो होला? भारतसँग ‘सुरूङ युद्ध’ नै छेड्ने उद्घोष गर्ने माओवादी नेतृत्व कम्ती राष्ट्रवादी सुनिन्थ्यो होला? आज अवस्था के छ? शान्ति प्रक्रियापछि माओवादी नेताहरु कसरी धन आर्जनमा लागे, कसरी नेतृत्वको वरिपरि पुगेका आसेपासेहरुको जीवनस्तरमा अकल्पनीय सुधार आयो? ‘चप्पल लगाएर काठमाडौं छिरेका’हरु कसरी रातारात अर्बपति बने? र कसरी भ्रष्टाचारको चास्नीमा चुर्लुम्म डुबे?

यी सबै घटनाक्रम चर्चाका लागि मात्र होइनन्। यसबाट पाठ सिक्ने हो भने लामिछाने र रास्वपाले आजबाट नै त्यस्ता विधिहरु तय गर्नुपर्छ, जसले अबको केही वर्षपछि अहिलेका पुराना दलका नेताहरुजस्तै रास्वपाका नेताहरुलाइ कुशासनको दुष्चक्र प्रवर्द्धन गर्ने खलपात्रको रुपमा चित्रित गर्न रोकोस्।

त्यो कसरी सम्भव छ? पारदर्शीता र जवाफदेहीताका सन्दर्भमा निर्मम विधिहरुमार्फत्। रवि लामिछानेको हुटहुटी, डा स्वर्णिम वाग्लेको प्रतिबद्धता, मनिष झाको तर्क, सन्तोष परियारको समाज बुझाइ अनि सुमना श्रेष्ठको परिश्रम आदिले मात्र दललाई गलत गर्नबाट रोक्न सक्दैन।

अन्यथा नेपाली कांग्रेस वा एमालेभित्र पनि एउटा ठूलै समूहमा व्यक्तिगत निष्ठा नभएको हो र? तर पनि किन स्वयं रास्वपा ती दलहरुभित्रको भ्रष्टाचारको विरोध गर्दै राजनीति गर्नसक्ने ठाउँमा छ? 

जवाफ स्पष्ट छ, केही व्यक्तिहरुको उर्जा, हुटहुटी र प्रतिबद्धताले मात्र विकृति रोक्न सम्भव छैन। यसका लागि विधिहरु तय गर्नुपर्छ। यसको सुरुवात दलमा हुने ‘पोलिटिकल फाइनान्सिङ’ अर्थात् दलमा आउने सहयोगको पारदर्शीताबाट हुनुपर्छ। यो निर्वाचन आयोगमा उम्मेदवारहरुले बुझाउने निर्वाचन खर्चजस्तो झुटो दस्तावेजको सार्वजनिकीकरण हुनहुन्न। केवल औपचारिकताका लागि हुनुहुन्न।

रवि लामिछानेको हुटहुटी, डा स्वर्णिम वाग्लेको प्रतिबद्धता, मनिष झाको तर्क, सन्तोष परियारको समाज बुझाइ अनि सुमना श्रेष्ठको परिश्रम आदिले मात्र दललाई गलत गर्नबाट रोक्न सक्दैन। अन्यथा नेपाली कांग्रेस वा एमालेभित्र पनि एउटा ठूलै समूहमा व्यक्तिगत निष्ठा नभएको हो र?

त्यस्तै दलको नेतृत्वमा आउन चाहनेहरुको नेतृत्वमा आउँदा–आउँदै सम्पत्ति सार्वजनिक गर्ने प्रक्रिया र नेताको सहयोगी र आसेपासेहरुमार्फत् हुने विचौलियागिरी रोक्न रास्वपाले कस्तो विधि तय गर्छ भन्ने कुराले यो दल भविष्यमा परम्परागत दलहरुभन्दा फरक उभिन्छ वा उभिँदैन भन्ने निधो गर्ने छ।

कांग्रेस, एमाले वा माओवादीको जस्तो त्याग, आन्दोलन र निष्ठाका विरासतहरु रास्वपामा स्वभाविक रुपमा कम हुन्छन्। यो दललाई जोगाउने नै जनपक्षीय विधीहरुको घोषणा र त्यसको कठोर कार्यान्वयनले हो।

नबिग्रियोस् रास्वपा
सम्भवतः आज धेरैको चिन्ता पुराना दलहरुले सुध्रनैपर्छ भन्ने दबाब महसुस नगर्दै रास्वपा बिग्रिएला भन्ने हो। केही संकेतहरु राम्रा छन्। केही संकेतहरु त्यति राम्रा छैनन्।

रास्वपाको नेतृत्वले ध्यान दिनैपर्छ, रास्वपामा प्रवेश गर्ने सबै पुण्य सोचेर आउँदैनन्, स्वार्थका चाङहरु पनि आउँछन्। रास्वपा यही समाजको अर्को एउटा राजनीतिक दल हो। समाजमा देखिने तमाम विकृति, स्वार्थ समूहहरुको दबाब र शक्ति आर्जनको लागि राजनीतिलाई हतियार बनाउन चाहने तत्वहरुले कांग्रेस, एमाले र माओवादीमा मात्र प्रभाव पार्न खोज्दैनन्। ती रास्वपामा पनि प्रभाव विस्तार गर्न चाहन्छन्। कांग्रेस, एमाले वा माओवादी केन्द्रमा हुँदा ती व्यक्तिहरु खराब हुने र रास्वपा प्रवेश गर्नेबित्तिकै नैतिकवान् हुने भन्ने हुँदैन। एउटा दल शक्तिशाली हुँदै जाँदा लोभलाभ, शक्तिआर्जनको भोक राख्नेहरु, विचौलिया, ठेकेदार लगायत देशको राजनीतिमा विकृति निम्त्याउने तमाम पात्रहरु पनि रास्वपामा मिसिँदै जान्छन्। 

रास्वपाले लय गुमाउँदा आज काठमाडौंका मेयर बालेन शाहले भने जस्तै ‘नयाँ पुराना सबै चोर हुन्’ भन्ने कथ्य स्थापित हुनसक्छ। पुराना दलहरुलाई नसच्चिए पनि हुनेरैछ भन्ने मनोबल पुग्छ। जसले नेपाली जनताको आशामा थप कुठाराघात गर्छ। 

रास्वपाभित्रै उदाहरण छ, स्थापनाको एक वर्षमा नै अमुक व्यापारीसँग पैसा मागेको आरोपमा यो दलले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिसकेको छ। यही दलका कतिपय सांसदहरुलाई सुविधा नपुगेको गुनासो छ। कतिपय सांसदहरुमा ‘राष्ट्रवाद’को भोक जागिसकेको छ। कतिपयलाई मुद्दाभन्दा आफूलाई केन्द्रमा राखेर खेलिने ‘भिक्टिम कार्ड’ प्यारो छ। यी भए, कार्यशैली र दलको नेतृत्वमा पुगेपछि देखिएका केही अवलोकन।

यीबाहेक सैद्धान्तिक तहमै अस्पष्टताहरु छन्। एकातिर यो दल संवैधानिक समाजवाद भन्छ। यसको सिधासिधा अर्थ लाग्छ– यो दलले संविधान मान्छ र यसको कार्यान्वयन गर्छ। यसलाई आदर्श मानेको छ। अर्कोतिर यही दलसँग यही संविधानले तय गरेको शासकीय स्वरुपमै विमति छ। खासगरी प्रदेश संरचनाको सन्दर्भमा यो दलको विमति प्रष्टै देखिन्छ। प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाको सन्दर्भमा फरक मत देखिन्छ। आदर्श मानेको दस्तावेजको मूलमर्ममै विमति राख्ने कस्तो सैद्धान्तिक स्पष्टता होला?

रास्वपाको अहिलेको नेतृत्वले मतदाताको टाउको गन्ने र त्यसमै मग्न हुने राजनीतिबाट बाहिर निस्किएर यी तमाम पक्षहरुको व्यवस्थापनमा पनि ध्यान दिँदा सबैभन्दा बढी लाभ रास्वपालाई नै हुने देखिन्छ। जुनसुकै दल भए पनि सार्वजनिक संस्थाको रुपमा रहने एउटा राजनीतिक दलले सुधारका अजेण्डाहरु ल्याउँदा त्यसको लाभ नेपालको समग्र राजनीतिक क्षेत्र र जनतामा पुग्ने कुरामा दुई मत हुने कुरै भएन। रास्वपाले लय गुमाउँदा आज काठमाडौंका मेयर बालेन शाहले भने जस्तै ‘नयाँ पुराना सबै चोर हुन्’ भन्ने कथ्य स्थापित हुनसक्छ। पुराना दलहरुलाई नसच्चिए पनि हुनेरैछ भन्ने मनोबल पुग्छ। जसले नेपाली जनताको आशामा थप कुठाराघात गर्छ। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिरोमणि ढुङ्गाना
लेखकबाट थप
रास्वपाको एक वर्ष: ‘लोकरिझ्याइँ’मै रमाउने कि विधिमार्फत् परिवर्तन खोज्ने?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्