काठमाडौं– चालू आर्थिक वर्ष (२०७९/८०) को जेठसम्ममा (११ महिना) नेपालले १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ।
यो गत वर्षको तुलनामा १६.६५ प्रतिशतले कमी हो। गत आर्थिक वर्ष (२०७८/०७९) को सोहि अवधिमा १९ खर्ब ४९ अर्ब ६ करोड एक लाख १४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।
चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको छ। यो गतवर्षको तुलनामा १६.१ प्रतिशतले कमी हो। यस्तै १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा २२.७४ प्रतिशतले कमी हो।
जसअनुसार देशको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत वर्षको सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको आयात भएको थियो भने १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको निर्यात भएको थियो। जस अनुसार देशको वैदेशिक व्यापार घाटा १५ अर्ब ७७ खर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ रहेको विभागको तथ्यांकमा छ।
३२ अर्ब पेट्रोलमा बाहिरियो
पेट्रोलियम पदार्थमा मात्रै ३ खर्ब बाहिरिएको छ। ३ खर्ब २० अर्ब ९९ करोड ४३ लाख २३ हजार रुपैयाँको पेट्रोल आयात हुँदा सबैभन्दा ठूलो रकम पेट्रोलियम पदार्थमा बाहिरिएको विभागको तथ्यांकले देखाउँछ। यस्तै ८२ अर्ब २२ करोड ८४ लाख ४० हजार रुपैयाँको खाने तेल तथा घ्यूजन्य पदार्थ आयात भएको छ।
यस्तै १ खर्ब २९ अर्ब ५७ करोड १० लाख रुपैयाँको फलाम आयात भएको छ। ९२ अर्ब ८३ करोड ८० लाख १० हजार रुपैयाँका बाइलिङ मेशिनहरु आयात भएको तथ्यांकमा उल्लेख छ। ९१ अर्ब ६१ करोड ६१ लाख ७९ हजार रुपैयाँको औद्योगिक मेशिन आयात भएको छ। २३ अर्ब ६५ करोड ५३ लाख ८१ हजार रुपैयाँको मोती आयात भएको छ।
२९ अर्बको तरकारी र १९ अर्बको फलफूल आयात
चालू आर्थिक वर्षको ११ महिनामा २९ अर्ब ६० करोड ३७ लाख ५५ हजार रुपैयाँको तरकारी आएको छ भने १९ अर्ब १ करोड ९१ लाख ८४ हजार रुपैयाँको फलफूल आयात भएको विभागको तथ्यांकमा छ। २अर्ब ३६ करोड ४९ लाख २९ हजार रुपैयाँको डेरीजन्य वस्तु आयात भएको छ।
२८ अर्बको खाने तेल निर्यात
२८ अर्ब ४३ करोड ४४ लाख १५ हजार रुपैयाँको खाने तेल निर्यात भएको छ। १२ अर्ब ९० करोड १४ लाख ३३ हजार रुपैयाँको चिया कफी निर्यात भएको छ। ११ अर्ब २३ करोड ८४ लाख ९८ हजार रुपैयाँको धागो निर्यात भएको छ भने ११ अर्ब रुपैयाँको गलैँचा निर्यात भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।