काठमाडौं– विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफल अन्तर्गत बुधबारको प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकूद, शिक्षा विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको छलफल सकिएको छ।
प्रतिनिधि सभाको अर्को बैठक २०८० असार ८ गते शुक्रबार बिहान ११:०० बजे बस्नेछ।
उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको बजेटसम्बन्धी छलफल हुनेछ।
साथै सोही बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम पनि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।