काठमाडौं– ग्रामिण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का ३ जना कर्मचारी ४ लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र इटहरीबाट खटिएको संयुक्त टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरेवापत घुस रकम माग गरेका थिए। घुस रकम लिइसकेको अवस्थामा दमक नगरपालिका–५ आदर्श टोलस्थित कार्यालयको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।