• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रेम चलाउनेमाथि आक्रमण घटना: फैसलाको २ दिन अगाडि मुद्दा फिर्ताको निवेदन

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०८०  १४:१५
1140x725
आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ताको विरोधमा काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेलाई नियन्त्रमा लिँदै प्रहरी।

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा असार ५ गते (मंगलबार) फैसलाको सुनुवाइका लागि पेसी तोकिएको थियो। 

मुद्दाको सबै अंग पुगेकाले उक्त दिन अन्तिम सुनुवाइ गरी फैसला सुनाउने तयारी अदालतको थियो। तर सरकारले त्यसको २ दिन अघि आइतबार कानुन मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा फिर्ता लिने निर्णयको पत्र दर्ता गराएको छ। 

कानुन मन्त्रालयले मन्त्रिपरिषद्‌को निर्णय भन्दै फाइल पठाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा फिर्ता लिने निवेदन पेस गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले मन्त्रिपरिषद्‌ले मुद्दा फिर्ता लिने निर्णय गरेर पठाएकाले आफूहरुले निवेदन दिएको बताए। प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा यसअघि सरकारी वकिलको कार्यालय काठमाडौंले नै दायर गरेको थियो। 

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण भएको थियो। उनीमाथि नेवि संघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाले आक्रमण गरेका थिए। अनुसन्धानपछि प्रहरीले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा  दायर गरी ज्यान मार्ने उद्योगको कसूरमा सजाय हुनुपर्ने दाबी गरेको थियो। 

१ वर्ष अघि नै सुरु भएको थियो मुद्दा फिर्ताको प्रक्रिया 
अघिल्लो सरकारले नै उनीहरुलाई उन्मुक्ती दिने गरी मुद्दा फिर्ताको प्रक्रिया सुरु गरेको थियो। जसका लागि महान्यायाधिवक्ता कार्यालय र कानुन मन्त्रालयको राय लिने कार्य सुरु गरिएको थियो। 

अहिलको सत्ता गठवन्धनको प्रमुख दल नेपाली कांग्रेस भएकाले आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता गराउने निर्णय मन्त्रीपरिषद्‌बाट गराइएको हो। 

मुलुकी फौजदारी संहिताको दफा ११६ मा सरकारले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ। सरकारले सोही कानुनी व्यवस्थामा टेकेर मुद्दा फिर्ता लिन मिल्छ कि मिल्दैन भनेर महान्यायाधिवक्ता कार्यालय र कानुन मन्त्रालयलयसँग राय माग गरेको थियो। दुवै निकायले मुद्दा दायर गर्ने र फिर्ता लिने अधिकार सरकारको हुने राय दिएपछि मन्त्रिपरिषद्‌बाट निर्णय गराएर फिर्ता लिइएको हो। 

यो पनि पढ्नुहोस

उपप्राध्यापक प्रेम चलाउने पक्राउ

यो मुद्दामा पछि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को व्यवस्थामा टेकेर कार्यविधि देखाउँदै मुद्दा फिर्ता लिने निर्णय गरेर महान्यायाधिवक्ता कार्यालयमा पठाइएको थियो। उसले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउँदै फिर्ताका लागि अदालतमा निवेदन दिने निर्देशन जारी गरेको थियो। यहीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको हो। 

nimb
nimb

अदालतले के गर्ला? 
यो विवादमा निर्णय गर्ने अधिकार अब अदालतलाई छ। जिल्ला अदालत काठमाडौंले गर्ने निर्णयका आधारमा उक्त मुद्दा फिर्ता वा जारी रहने हुन सक्छ। अदालतले मुद्दा फिर्ता लिने निवेदन पेस भए पनि फिर्ता हुने आदेश नदिए मुद्दा फिर्ता हुँदैन। अदालतले फिर्ता लिन मिल्दैन भनेमा यो मुद्दा फैसलातिर जानेछ। 

अदालतले जिल्ला सरकारी वकिल कार्यालयको निवेदन स्वीकृत गरी निवेदनअनुसार आदेश दिएमा उनीहरुले उन्मुक्ति पाउने छन्। सरकारले फैसला हुनसक्ने कुरालाई ख्याल गरेर नै आइतबार हतार हतार उनीहरुको निर्णय महान्यायाधिवक्ता कार्यालय पठाएको थियो। 
महान्यायाधीवक्ता कार्यालयले पनि आइतबार नै जिल्ला सरकारी बलिकको कार्यालय काठमाडौंमा पठाएको थियो।  

राजनीतिक आवरणमा अपराध लुकाउने प्रयास 
नेवि संघका कार्यकर्ताको आक्रमणबाट प्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो। चलाउने एक महिनासम्म अस्पतालमा भर्ना भएर उपचार गराएका थिए। उनी अहिलेसम्म पूर्ण रुपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्। तर सरकारले उनीमाथि आक्रमण गर्नेहरुलाई बचाउने निर्णय गरेकाले यो राजनीतिक आवरणमा अपराध लुकाउने प्रयास भएको कानुनविदहरुको टिप्पणी छ। 

फौजदारी कानुनका जानकारहरु ज्यान मार्ने प्रयास स्वरुप भएको कुटपिटमा मुद्दा फिर्ता लिँदै जाने हो भने देशमा दण्डहीनता बढेर जाने बताउँछन्। 

यसअघि जिल्ला अदालत काठमाडौंले थुनछेक आदेश सुनाउँदै उनीहरुलाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश जारी गरेको थियो। आफूमाथि आक्रमण गर्नेहरु रिहा भएपछि चलाउने जिल्ला अदालतको आदेशपछि उच्च अदालत पाटन पुगेका थिए। सामान्य धरौटीमा छोड्न कार्य गलत भएको उनको दाबी थियो। उच्चले ५ लाख धरौटी र पीडितलाई राहत दिन आदेश गरेको थियो।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले?
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले? बिहीबार, भदौ ११, २०८३
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’ बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री राहत कोषमा धमाधम रकम जुट्दै, ६ घण्टामै २८ करोड बढी उठ्यो बिहीबार, भदौ ११, २०८३
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्