पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सूर्यदर्शन सहकारी प्रकरणमा रवि हिरासतमा रहेका बेला निकोलसले सुतिरहेको फोटो सार्वजनिक गरेका थिए। सहकारी वकिल कार्यालय कास्कीले हिजो मात्रै निकोलसविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।