काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तोकेको छ। यस्तै युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा रहेको छ। आज कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।