काठमाडौं- गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्बको बजेट ल्याएको छ। अर्थमन्त्री जितप्रकाश आले मगरले शुक्रुबार आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।
यो बजेट चालु आवको भन्दा कम हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो।
प्रदेश सभामा अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको विनियोजन विधेयक पेस गरे। त्यस्तै बजेटले चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.०१ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात् ६०.०४ प्रतिशत बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री आलेका अनुसार वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याइएको छ। सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ। समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, सशर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।