काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम सरकारले कुल २९ अर्ब, २६ करोड २९ लाख ३२ हजार बजेट विनियोजन गरेको छ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री नरेशकुमार शाहीले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका हुन्। उनले कुल विनियोजन बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २हजार अर्थात् ३२.७९ प्रतिशत विनियोजन गरिएको बताए।
त्यसैगरी पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत विनियोजन गरिएको मन्त्री शाहीले बताए। सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ३४ करोड ७५ लाख ७० हजार विनियोजन गरिएको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।