काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खर्च कटौतीको योजना ल्याएको छ। त्यसको लागि आर्थिक मामिला मन्त्री बाहादुरसिंह लामाले भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेका हुन्।
शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै उनले कागज खरिद समेत नगर्ने जानाकारी दिए।
गाडी खरिद नगर्ने, भत्ता नदिने, भ्यु टावर लगायतका संरचना नबनाइने गरी मितव्ययी हुने उनले प्रदेश सभालाई बजेट वक्तव्यमार्फत जानकारी गराए।
त्यस्तैगरी विशेष भत्ताहरु खारेज गर्ने नीति लिएको पनि उनले जानकारी दिए। प्रदेश सभामा बजेट प्रस्तुत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।