काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गर्दा तीन वटा जिल्लामा धेरै बजेट विनियोजन गरेकाले ती जिल्लाको बजेट कटौती गर्नुपर्ने बताएका छन्। अन्यथा छलफलको औचित्य नरहेको उनको टिप्पणी छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विषयगत मन्त्रालयको बजेट र खर्च कटौती सम्बन्धी प्रस्तावमाथि बिहीबार केसीले केसीले प्रधानमन्त्री, कांग्रेसका सभापति र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट विनियोजन भएको भन्दै असन्तुष्टि पोखेका हुन्।
‘कुरा जस्ता कुरा गरौं भने चित्त फाट्ने, नाच जस्तो नाच गरौं भने घाँगर फाट्ने भन्थ्यो रे एउटाले त्यस्तै ५१ प्रतशित बजेट ३ जनाको भागमा बाँकी अरु सांसदको क्षेत्रमा। यस्तो भेदभाव, यस्तो पक्षपात भएको बजेटमाथि के छलफल गराइरहेको,’ सांसद केसीले भने,‘खर्चै कटौती गर्ने हो भने गोरखामा परेको बजेट कटौती गर्नुपर्छ। डडेलधुरा र नुवाकोटको बजेट कटौती गर्नुपर्छ। अरु बाँकीले के भन्न जाने आफ्नो क्षेत्रमा?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।