• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संसद्‌मा मन्त्रालयगत बजेटमाथि छलफल: कुनैका मन्त्री विदेशमा, कुनैको कार्यक्रम पुस्तिका नै आएन

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३२, २०८०  २१:२९
1140x725
प्रतिनिधि सभा बैठक (फाइल तस्बिर)

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटअन्तर्गत विनियोजन विधेयकको मन्त्रालयगत छलफल बिहीबारदेखि छलफल सुरु भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा २ वटा मन्त्रालय वन तथा वातावरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भयो। 

बिहीबारको बैठकमा शहरी विकास, वन तथा वातावरण, युवा तथा खेलकुद र महिला तथा बालबालिका मन्त्रालयहरुमा विनियोजित बजेटमाथि छलफल हुने क्रर्यक्रम थियो। तर जम्मा २ वटा मन्त्रालयको बजेटमाथि मात्रै छलफल हुनसक्यो। अन्य २, शहरी विकास मन्त्रालयको कार्यक्रम पुस्तिका प्राप्त नभएको भन्दै कार्यसूचीबाट हटाइयो भने युवा तथा खेलकुदमन्त्री उपस्थिति भएको नपाइएपछि त्यो मन्त्रालयको बजेटमाथिको छलफल पनि कार्यसूचीबाट हटाइयो। 

शहरी विकास मन्त्रालय माथिको छलफल प्रारम्भमै कार्यसूचीमा हटाइए पनि युवा तथा खेलकुद मन्त्रालय माथिको छलफल भने सांसदहरुले प्रश्न उठाएपछि मात्र हट्यो। 

मन्त्रालय माथिको छलफलमा सहभागी हुन रोस्ट्रममा पुगेकी राप्रपा सांसद रोशन कार्कीले आफूले मन्त्री नदेखेको भन्दै सभामुखलाई प्रश्न गरिन्।  उनि अघि बोल्ने सांसदहरुले भने धमाधम छलफलमा सहभागिता जनाइरहेका थिए। सांसद कार्कीले पनि मन्त्रीको खोजी गरेर उक्त मन्त्रालयकै विनियोजन बजेटमाथि छलफलमा सहभागिता जनाइन्। 

सांसद कार्कीले भनिन्, ‘यहाँबाट उभिएर तल सिटतिर हेर्दा मैले युवा तथा खेलकुदमन्त्री देखिनँ। सभामुखमार्फत् म सोध्न चाहान्छु के उहाँ विदेश यात्रामा हुनुहुन्छ?’

सांसद कार्कीले आफ्नो भनाइ राखेपछि सभामुखको भूमिकामा रहेकी उपसभुमुख इन्दिरा रानाले मन्त्री विदेशमा रहेको र सांसदहरुले उठाएको विषयलाई टिपोट गर्न सचिवहरु रहेको बताइन्। 

‘युवा तथा खेलकुदमन्त्री विदेशमा रहनु भएको र उक्त मन्त्रालयको कार्यवाहक लिनु भएको मन्त्रीलाई खबर गर्ने काम भइरहेको जानकारी गारउँद छु,’ उपसभामुख रानाले भनिन्, ‘साथै, उक्त मन्त्रालयको सचिव सहितको टोली सदन भित्रै रहेको पनि जानकारी गराउँछु।’

तर रानाको उक्त स्पष्टीकरणमा एमाले सांसद सुर्य बहादुर थापाले असहमति जनाए र मन्त्री बेगर छलफल अघि बढाउनु नहुने तर्क गरे। 

Ncell 2
Ncell 2

‘सभामुख ज्यू यो छलफललाई हामीले कसरी संचालन गरिरहेका छौं? विदेशमा हुनुहुन्छ भने स्वदेशमा आउने दिन पनि निर्धारित होला। त्यो दिनमा राखूँ। मन्त्री ज्यूहरु बेगरको छलफल, भैंसीका अघाडि बाँसुरी बजाए जस्तो छलफल किन गराइरहेका छौं हामीले?,’ सांसद थापाले भने। 

यस्तै, संसद्‌ले सचिवलदाई नचिन्ने हुँदा सो मन्त्रालयको छलफल कार्यसूचीबाट हटाउन आग्रह गरे।

‘सचिव ज्यू हुनुहुन्छ भन्ने रुलिङ चाहिँ मान्य हुन सक्दैन। किनभने सचिव ज्यूलाई हामीले देख्दैनौँ। यदि मन्त्री हुनुहुन्न भने यो विषयलाई आजको कार्यसूचीबाट हटाइयोस् र उहाँ आएपछि छलफलमा राखियोस्,’ सांसद थापाले भने। 

त्यसपछि केही अलमल भयो। केही मिनेटमै सभामुख देवराज घिमिरे कार्यसंचालन गर्न आए। र सचिवालयको परामर्शमा उनले उक्त मन्त्रालय माथिको छलफल कार्यसूचीबाट हटाइदिए। 

‘युवा तथा खेलकुद मन्त्री ज्यूको उपस्थिति नरहेकोले जे कुरा उठ्यो त्यसले गर्दा आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धीको विषयलाई हटाएर बाँकी दुईवटा मन्त्रालयको नियमति अगाडि लाने कुरामा म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।

संघीय संसद् सचिवालयले असार ८ गतेसम्म विनियोजन विधेयकको मन्त्रालयगत छलफल टुंग्याउने गरी कार्यसूची तय गरेको छ।

त्यसपछि मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ। सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रमका लागि असार १० देखि १२ गतेसम्मको कार्यसूची तय भएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध शनिबार, माघ १०, २०८२
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल शनिबार, माघ १०, २०८२
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन शनिबार, माघ १०, २०८२
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्